जनप्रतिधिनिलाइ उद्यागीका सुझावः 'जनताको प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित हुन आग्रह'

  • जेठ १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । औधोगिक क्षेत्र मोरङको विराटनगरमा जनताको प्रत्यक्ष सरोकार राख्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्न उद्योग सगठन मोरङले सुझाव दिएको छ ।

मगलबार विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीनमा गर्नुपर्ने कार्यहरुका सन्दर्भमा सुझाव दिएको हो ।

सगठनले विराटनगरका नवनिर्वाचित प्रमुख नागेश कोइराला र उप्रमुख शिल्पा निराला कार्कीलाई स्वागत गर्दै यस्तो सुझाव दिएका हुन् ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत जनतासँग प्रत्यक्ष सम्वन्ध राख्ने सडक, खानेपानी, फोहर व्यवस्थापन, वाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुने गरी सुधारका कार्य गर्न सुझाव दिएका छन् । अध्यक्ष प्याकुरेलले भने–‘अवैज्ञानिक तवरमा सडक, नाला लगायतका पूर्वाधार निर्माण नभएका्ले सानो तिनो वर्षामा समेत विराटनगर डुवानमा पर्दै आएको छ, ै महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरुको सुझाव लिई दीर्घकालिन सोचका साथ काम गर्न जरुरी छ ।’

उनले महानगरको मध्यकालीन योजना अन्तर्गत विराटनगरमा स्थायी औद्योगिक प्रदर्शनी स्थलको आवश्यकता लामो समय देखि हँुदै आएकाले संघ र प्रदेश सरकारको साथ र सहयोग लिई पूर्वाधारयूक्त अत्याधुनिक प्रदर्शनी स्थल निर्माणका लागि पहल गरिदिन नवनिर्वाचित मेयर र उपमेयरलाई अनुरोध गरे । उनले भने –‘रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरु पुनः संचालनमा ल्याए रोजगारका अवसरहरु सिर्जना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने, एकिकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको विक्रि वितरणका कक्ष निर्माण, स्र्टापअपहरुको प्रवद्र्धनका माध्यमबाट युवाहरुलाई उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्ने कार्यक्रम महानगरपालिकाले लागू गर्नुपर्छ, यसमा उद्योग संगठने पूर्ण साथ र सहयोग रहन्छ ।’

संगठनको सुझावलाई ग्रहण गर्दै नवनिर्वाचित मेयर कोइरालाले औद्योगिक नगरमा रुपमा परिचत विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण कार्य आफनो प्राथमिकतामा पर्ने बताउदै पाँच वर्षे कार्यकालमा जसरी पनि निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘नयाँ योजना सहित विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग सञ्चालनमा ल्याउन आफु गम्भीर छु, कर दरहरु घटाउदै दायरा फराकिलो पार्ने कार्ययोजनामा हामी लाग्छौ ।’

संगठनका तर्फबाट विज्ञहरुको सुझावमा विराटनगरको समग्र क्षेत्रको विकास लागि साझा दस्तावेज तयारी गरी सोही अनुरुप कार्य गर्न साना उद्योगहरुका लागि औद्योगिक ग्रामको स्थापना, सार्वजनिक नीजि साझेदारीको अवधारणा अनुरुप भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने लगायतका विराटनगरको वृहत्तर विकासका सन्दर्भमा गर्नुपर्ने कार्यहरुको सुझावहरु दिइएको थियो ।

वधाई तथा स्वागत कार्यक्रममा संगठनका पूर्व अध्यक्ष नन्दकिशोर राठी, किशोर प्रधान, अशोक मुरारका, दिनेश गोल्छा, मुकेश उपाध्याय, उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, सञ्जय अग्रवाल, तारानाथ निरौला, सुनिल धनावत, सौरभ सारडा, पारस लुनिया लगायतको सहभागिता रहेको थियो ।

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved