महानगरको भ्रष्टाचार अन्त्य गर्न जनप्रतिनिधिलाई उद्योगीको सुझाव

  • जेठ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।

नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए ।

उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । घिमिरेले विराटनगरको सौन्दर्यीकरणका लागि विराटनगरको बरगाछी दक्षिणको भागमा परिसंघ हरियाली प्रबद्र्धन र सौन्दर्यीकरणका लागि सहयोग गर्न तयार रहेको बताए । उनले सडकको डिभाइडरमा बोट विरुवा लगाउने र शहरमा हरियाली प्रबद्र्धनका लागि निजी क्षेत्र सहयोग गर्न तत्पर रहेको स्पष्ट पारे । कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश १ को कार्यसमितिका पदाधिकारीहरूले विराटनगर महानगरपालिकालाई भ्रष्टाचारमुक्त महानगर बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे । सो अवसरमा उद्योगी उद्धव रिजाल, देवेन्द्र अग्रवाल, राकेश सुरानालगायतले महानगरमा कर्मचारीतन्त्र हाबी भएको बताउँदै भ्रष्ट कर्मचारीलाई शाखा परिवर्तन गर्न सुझाव दिएका थिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा उद्योगको प्रबद्र्धनका लागि ‘मेड इन विराटनगर’ अभियान चलाएर विराटनगरका उद्योगीहरूलाई सहयोग गर्न महानगरपालिका तत्पर रहेको बताए । उनले खानेपानीको समस्या समाधानका लागि जाइकासँग सम्झौता भएर कार्यान्वयनमा जान लागेको जानकारी दिए । उनँले विराटनगरको डुवानको समस्या समाधान गर्न सिंगिया र केशलीया खोलाको दुबैतर्फ तटबन्ध बाँध्ने योजना अघि बढाइने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा कार्कीले सबैको साझा चाहना विराटनगर बनाउने भएकाले व्यक्तिगत स्वार्थ नराखी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले विराटनगरको विकासका लागि मास्टर प्लान बनाएर व्यवस्थित विराटनगर बनाउने बताइन

उनँले जसरी भए पनि यो वर्ष विराटनगर डुवानमा पर्न हुँदैन भनेर जनप्रतिनिधिहरूले विज्ञहरू, महानगरपालिकाका कर्मचारीहरूलगायतसँग छलफल थालिसकेको जानकारी दिइन । कार्यक्रममा विराटनगर वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, विराटनगर २ का वडाअध्यक्ष कुमार पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष वासु बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापालगायतलाई नेपाल उद्योग परिसंघ प्रदेश १ का पदाधिकारीहरूले स्वागत गर्दै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए ।

धरानका सन्तोष लामिछा ...

सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लाम ...

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved