विराटनगरको विकासका लागि विश्व बैंकको चासो

  • जेठ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  । विराटनगरको समग्र आर्थिक विकासका लागि विश्व बैंकले चासो देखाएको छ ।

विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले मंगलबार मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो । भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरुको आर्थिक विकासका लागि विश्व बैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए । मेयर कोइरालासितको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्वबैंक सहयोग गर्न तयार रहेको बताए । विराटनगर प्रदेश एकको राजधानी भएकोले यसको विकास आवश्यक भएको बताए । विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने बताउँदै उनले महानगरलाई आर्थिक रुपमा बलियो बनाउन सुझावसमेत दिए ।

सो क्रममा उनले वित्तीय हस्तान्तरणको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारबीच हुने वित्तीय बाँडफाँड, स्थानीय तहले संकलन गर्ने राजस्वको अवस्थालगायतका विषय विश्वबैंकका प्रतिनिधिहरुले मेयर कोइरालासित जिज्ञासा राखेका थिए । विश्व बैंकले नेपाल सरकारसित मिलेर नेपालको समग्र विकासका परियोजना तयार पारिरहेको छ । सो परियोजना करिब १ सय ५० मिलियन डलर बराबरको हुनेछ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved