अर्थ

    Showing 51-60 of 1,064 items.
  • सुनसरी उद्योग वाणिज्य संघमा संस्थागत सुदृढीकरण तालिम सम्पन्न

    धरान/ सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका लागि संस्थागत विकास तथा सुशासनसम्बन्धी तालिम आयोजना गरिएको छ। संघको कार्यक्षमता अभिवृद्धि, दीर्घकालीन योजना र संस्थागत आचरण सुदृढ गर्ने उद्देश्यले आयोजित तालिममा पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारका साथै स्थानीय तहका राजस्वसम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। तालिममा चर्चित प्रशिक्षक मोहन श्रेष्ठ र धरान उपमहानगरपालिकाका राजस्व प्रशासन प्रमुख खगेन्द्र खतिवडा ले सहजीकरण गरेका थिए। उनीहरूले असल संस्थागत अभ्यास, स्पष्ट मार्गनिर्देशन, प्रभावकारी बैठक सञ्चालन र स्थानीय तहसँग समन्वयका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘टिभिएस एक्सचेन्ज मेला’पुरानो साटेर नयाँ, नागरिकता-मात्रैमा फाइनान्स

    धरान/नेपालका लागि टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सको सहयोगमा धरानमा ‘टिभिएस एक्सचेन्ज मेला’ आयोजना हुने भएको छ। धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण टेडर्समा मंसिर  २८ देखि पौष ४ गतेसम्म मेलाको आयोजना गर्ने जानकारी दिएको छ। मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक/स्कुटर लिन सकिनेछ। ग्राहकका लागि विशेष अफरहरू पनि उपलब्ध रहनेछन्, जसमा रु ३० हजारसम्मको न्यूनतम मूल्यांकन, रु ८ हजारसम्मको क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट, लाइफटाइम वारन्टी र नागरिकता मात्रमा फाइनान्स सुविधा समावेश छन्। न्यु कुष

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • 372 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान खेलकुद महोत्सवमा आज साँझ एलिना चौहान र प्रताप दासको धमाकेदार प्रस्तुति

    धरान/  धरान खेलकुद महोत्सव–२०८२ अन्तर्गत आज शुक्रबार साँझ नेपालका चर्चित गायिका एलिना चौहान र लोकप्रिय गायक प्रताप दास धरान रंगशालामा दर्शकलाई रोमाञ्चक सांगीतिक साँझ दिने भएका छन्। उनीहरूले आफ्ना सबैभन्दा भाइरल र लोकप्रिय गीतहरू प्रस्तुति दिनेछन्। एलिना चौहानका “धोकेबाज हौ तिमी” र “एक्लैपनि जिन्दगी” गीतहरू युवामाझ निकै लोकप्रिय छन् भने प्रताप दासका “मोटर साइकलमा” र “फूल होइन” जस्ता गीतहरू पनि दर्शक माझ मन पराइएका छन्। यसैगरी दुवैले सँगै गाएका &ldquo

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुसाइड नोटले हल्लायो कामधेनु दुग्ध सहकारी: पूर्वअध्यक्षदेखि कर्मचारीसम्म विवादमा

    सुनसरी/ कामधेनु दुग्ध विकास सहकारीका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्या प्रकरणले संस्थाभित्र लामो समयदेखि दबिएको कलह सतहमा ल्याइदिएको छ। कात्तिक १७ गते झापाका मिश्रले आत्महत्या गरेपछि सुरु भएको आरोप–प्रत्यारोप अझ चर्कँदै गएको छ। घटनापछि सहकारीले पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र शेयर सदस्य मनोज दाहाललाई सदस्यताबाट हटाएको छ भने कर्मचारी तेजप्रसाद सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरेको छ। एकैदिन तीन जनामाथि गरिएका कारबाहीले संस्थाभित्रको अस्थिरता झन् तीव्र बनेको छ। निष्कासनमा परेका अधिकारी, दाहाल र निलम्बित सुवेदीले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि थोपारिएको कारबाही

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक बृहत् खेलकुद महोत्सव : ‘खेलकुदको शहर’ घोषणा गर्दै भव्य उद्घाटन

    धरान/खेलकुदको राजधानी का रूपमा परिचित धरानमा पहिलोपटक आयोजना गरिएको बृहत् धरान खेलकुद महोत्सव–२०८२ बिहीबार एक भव्य समारोहबीच सुरु भएको छ। फुटबलका लेजेन्ड राजु काजी शाक्यले प्रमुख अतिथिका रूपमा महोत्सवको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा धरान खेलकुद मञ्चले शारीरिक सुगठनका प्रखर व्यक्तित्व स्व. कबिर राजभगतलाई मरणोपरान्त सम्मान गरेको छ। साथै प्रमुख अतिथि शाक्यलाई २५ हजार नगद सहित सम्मानपत्र प्रदान गर्दै मञ्च अध्यक्ष किशोर राईले अभिनन्दन गरे। मंसिर २५ देखि पुस १० गतेसम्म धरान रङ्गशाला–तल्लो मैदानमा सञ्चालन हुने १५ दिने यो महोत्सवलाई धरानलाई खेलकुदको शहरका रूपमा औपचारिक पहिचान दि

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान खेलकुद महोत्सव २०८२ : बिहीबारदेखि,चर्चित कलाकारको प्रस्तुति

    धरान/ धरानमा पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको ‘धरान खेलकुद महोत्सव–२०८२’  मंसिर २५ गते  बिहीबार देखि सुरु हुँदैछ। मेलाकाे तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। धरान खेलकुद महोत्सवका संयोजक तथा एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राईका अनुसार आवश्यक परे भीड र वातावरण हेरी पुस १० पछि पनि केही दिन कार्यक्रम थप्न सकिने सम्भावना खुला छ। राई भन्छन्— “यो महोत्सव धरानलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एउटा सुनौलो अवसर हो। समग्र तयारी लक्ष्यअनुसार अघि बढेको छ। स्टल अधिकांश भरिसकेका छन्। स्थानीय उत्पादनलाई

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 783 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुष ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’ हुदै, ३५ करोडको कारोबार हुने

    विराटनगर/ मोरङ उद्योग ब्यापार संघ विराटनगरको आयोजनामा यसपटकको विराट ट्रेड एक्स्पो २०२५ आगामी पुष ९ गतेदेखी १९ गते सम्म आयोजना हुने भएको छ । पुष दोस्रो सातादेखि विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खाली मैदानमा अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो हुने भएको हो ।मोरङ उद्योग व्यापार संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलनगरी ११ दिन सम्म एक्स्पो हुनेबारे जानकारी गराएको छ । यसपटकको एक्स्पोको संयोजक संघका सचिव अमित कुमार सारडालाई तोकिएको छ । यसपटकको एक्स्पो विगतको भन्दा व्यापक रुपमा लगाउने तयारी भईरहेको एक्स्पोको संयोजक अमित कु

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 407 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट ट्रेड एक्स्पो २०२५: प्रविधि र सांस्कृतिक महोत्सवको तयारी तीव्र

    विराटनगर/  मोरङ उद्योग व्यापार संघले आयोजना गर्ने ‘विराट ट्रेड एक्स्पो २०२५’ यस वर्ष जिल्ला प्रहरी कार्यालय मोरङको छेउको खाली मैदानमा हुने भएको छ। एक्स्पोका लागि आवश्यक पूर्वाधार निर्माण, स्टल बुकिङ, सुरक्षा व्यवस्थापन र अन्य तयारी तीव्र गतिमा अघि बढिरहेका छन्। संघका वरिष्ठ उपाध्यक्ष अनिल साहका अनुसार, “व्यापार, उद्योग, प्रविधि, कृषि, स्टार्टअप र स्थानीय उत्पादनहरूको प्रभावकारी प्रदर्शनका लागि यस वर्षको एक्स्पो अझ आकर्षक बनाउन विशेष तयारी भइरहेको छ।” पुष ९ देखि १९ गतेसम्म सञ्चालन हुने दस दिने महोत्सवमा देशभरका किसान, उद्यमी, व्यवसायी, उत्पादन र सेवा प्रदायक

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान खेलकुद महोत्सव : सांगीतिक र खेल–तमासाको भव्य संगम, चर्चित कलाकारको प्रस्तुति

    धरान/ धरानमा पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको धरान खेलकुद महोत्सव–२०८२ का तयारी अन्तिम चरणमा पुगेका छन्। धरान खेलकुद मञ्चको आयोजनामा मंसिर २५ गतेदेखि पुस १० गतेसम्म संचालन हुने महोत्सवका अध्यक्ष किशोर राईका अनुसार आवश्यक परे दर्शकको भीड, प्रभाव र माग हेरेर पुस १० पछि पनि केही दिन थप गर्न सकिने सम्भावना खुला छ। “धरान महोत्सवको केन्द्रबिन्दु हो। हामीले यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्यौँ भने यो महोत्सव नै धरानलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कोसेढुङ्गा हुन्छ,” राईले भने। उनका अनुसार यो महोत्सवमा धेरै स्थानीय युवाको लगानी छ र उनीहरूले व्यावसायिकता

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 964 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६ लाख ४९ हजार स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

    बिराटनगर/ मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रबाट स्रोत नखुलेको अवैध रकमसहित एक युवक पक्राउ परेका छन्। मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा रकम फेला पारेको हो। बिराटनगर–१८ का रवि शाहले साथमा लुकाएर राखेको ६ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। शाहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved