धरान खेलकुद महोत्सव २०८२ : बिहीबारदेखि,चर्चित कलाकारको प्रस्तुति धरान खेलकुद महोत्सवले इतिहास रच्नेछ : संयोजक किशोर राई

  • मंसिर २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको ‘धरान खेलकुद महोत्सव–२०८२’  मंसिर २५ गते  बिहीबार देखि सुरु हुँदैछ। मेलाकाे तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

धरान खेलकुद महोत्सवका संयोजक तथा एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राईका अनुसार आवश्यक परे भीड र वातावरण हेरी पुस १० पछि पनि केही दिन कार्यक्रम थप्न सकिने सम्भावना खुला छ।

राई भन्छन्— “यो महोत्सव धरानलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एउटा सुनौलो अवसर हो। समग्र तयारी लक्ष्यअनुसार अघि बढेको छ। स्टल अधिकांश भरिसकेका छन्। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केही स्टल निःशुल्क राखिएका छन्। खानेपानी, बिजुली, सुरक्षा, स्वास्थ्य सेवा तथा ट्राफिक व्यवस्थापनजस्ता आधारभूत तयारी लगभग पूरा भएका छन्।

राईका अनुसार यसपटक धरानवासीले कहिल्यै नदेखेका ठूला खेल–तमासा पहिलोपटक महोत्सवमा प्रवेश गर्दैछन्। “टोरा–टोरा र रसियन झुला हामीले भारतको पटना तथा अन्य स्थानबाट सिधै आयात गरेका छौँ।

यसले धरानको मनोरञ्जन क्षेत्रमा नयाँ अनुभव जोड्नेछ,” उनले भने। साथै अघिल्ला वर्षमा लोकप्रियता कमाएका रोटेपिङ, विशाल नाउ, ड्र्यागन राइडजस्ता आकर्षणहरू यसपटक झनै आधुनिक र ठूलो स्वरूपमा प्रस्तुत गरिनेछ। रोटेपिङ २० सिटे, नाउ २४ सिटे छ जसले एकैपटक १७० जनासम्म बोक्ने क्षमता राख्छ भने ड्र्यागन राइडमा ४० जना अटाउन सक्छन्। बालबालिकाका लागि मिकी माउस, कार, स्कुटरदेखि जम्पिङ ज्याकसम्मका थुप्रै आइटमहरू राखिएका छन्।

दर्शकको सुरक्षालाई उच्च प्राथमिकताका साथ व्यवस्थापन गरिएको संयोजक राई बताउँछन्। “रोटेपिङसहित सबै खेल–तमासाका लागि हामीले २ करोड बराबरको बीमा गरेका छौँ। यस्तो सुरक्षा व्यवस्था धरानको इतिहासमै पहिलोपटक रहेको छ,” उनले जानकारी दिए।

राईले खेलकुद इतिहाससँगै स्थानीय प्रतिभाको उत्थानमा महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। “धरानले नवीन कलाकार उत्पादन गर्ने परम्परा बनाइसकेको छ। आज विश्व बजारमा चम्किरहेका धेरै कलाकारहरू धरानमै जन्मिएका र यस्ता महोत्सवमै स्टेज पाएका हुन्। यो अभियानलाई निरन्तरता दिँदै यसपटक पनि उद्घाटनका दिनदेखि नै स्थानीय कलाकारलाई प्रमुख स्थान दिइनेछ,” उनले भने।

उद्घाटन समारोहमा नेपाली फुटबलका लेजेन्डरी व्यक्तित्व राजु शाक्यलाई विशेष सम्मान गरिनेछ। “उहाँले एकै साथ कप्तान र मुख्य प्रशिक्षक भएर SAFF च्याम्पियनसिप जिताउनुभएको गौरवशाली इतिहास छ। उहाँ SAFF Zone का पनि एक सुपरस्टार हुनुहुन्छ,” राईले भने। त्यस्तै कोरोना महामारीका कारण निधन भएका शारीरिक सुगठन क्षेत्रका प्रतिष्ठित व्यक्तित्व राजभगत प्रधानङलाई मरणोपरान्त सम्मान प्रदान गरिनेछ।

धरान उपमहानगरपालिका, विभिन्न क्लब तथा संघ–संस्थाहरू महोत्सवलाई सफल बनाउन पूर्ण रूपमा एकजुट भइसकेका राईको भनाइ छ।

यसैबीच महोत्सवको सांगीतिक तथा मनोरञ्जन व्यवस्थापन सम्हालेका राजकुमार बस्नेतले १५ दिनका कार्यक्रमहरूको विस्तृत लाइनअप सार्वजनिक गरे।

उनका अनुसार मंसिर २५ गते उद्घाटनका दिन धरानकै स्थानीय लाइभ ब्यान्ड प्रस्तुति हुनेछ। मंसिर २६ गते चर्चित कलाकार एलिना चौहान र प्रताप दास आउनेछन्। मंसिर २७ गते कलाकार राजेन्द्र शिवाकोटी, र बालबालिकालाई लक्षित जादु शो प्रस्तुत गरिनेछ। मंसिर २८ गते फिरन्ते ब्यान्डको लाइभ कन्सर्ट हुनेछ।

त्यसपछि निरन्तर– मन्त्र ब्यान्ड8848 ब्यान्डर्‍यापर, सोलो कलाकार बबिना किरातीज्योति मगरलगायत थुप्रै चर्चित कलाकार स्टेजमा उतारिनेछन्। हरेक दिन फरक–फरक प्रस्तुति रहने भएकाले दर्शकले १५ दिन १५ वातावरण अनुभव गर्ने बस्नेत बताउँछन्।

खेल–तमासासँगै शिक्षा र सिर्जनशीलतालाई पनि जोड्ने उद्देश्यले हरेक दिन दिउँसो १–३ बजेसम्म इन्जिनियरिङ तथा फुड टेक्नोलोजीका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी प्रस्तुत गर्नेछन्। धरानका विद्यालयहरूले संगीत र नृत्य प्रस्तुति दिनेछन्।

महोत्सवमा धरानले पछिल्लो १०० वर्षमा खेल क्षेत्रमा प्राप्त गरेका मेडल, कप, प्रमाणपत्रहरूको भव्य प्रदर्शनी राखिनेछ। साथै बीच–बीचमा तम्बोला (Housie) पनि खेलाइनेछ।

अन्त्यमा संयोजक किशोर राई भन्छन्— “यसपटकको महोत्सव धरानवासीका लागि विशिष्ट र अविस्मरणीय बन्नेछ। यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने हाम्रो लक्ष्य छ। सबैलाई सहभागिता, सुझाव र सहयोगका लागि हार्दिक निमन्त्रणा छ।”मनोरञ्जन व्यवस्थापक बस्नेतको शब्दमा— “बाटो खुलेको छ, तयारी पूरा छ, आकर्षण अनगिन्ती छन्। अब सबैलाई स्वागत छ—धरान खेलकुद महोत्सव–२०८२ मा।”

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved