बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका २ चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ करोड २८ लाख भन्दा बढी मुनाफा भएको जनाएको छ ।संस्थाले शुक्रबार २४ औ बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवशका अवसरमा सो बराबरको नाफा भएको जनाएको हो । २०५५ सालमा स्थापना भएको सहकारीले शुक्रवार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा २४ औं बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवस सम्पन्न गरेको थियोे । संस्थामा ४ हजार ९ सय ८७ जना सदस्यहरु रहेका छन । संस्थाकोथा भरौल सेवा केन्द्र , महेन्द्रनगर सेवा केन्द संचालनमा रहेका छन् भने आगामी बर्षमा प्रकाशपुरमा समेत सेवा केन्
सरकारी उदासीनता र बेवास्ताका कारण देशका धेरै क्षेत्र पछाडि परिरहेको छ । कृषि पनि यस्तै क्षेत्र हो । प्रदेश १ मा ठूलो परिमाणमा सुन्तला उत्पादन हुने गर्छ तर नेपाल सरकारको उदासीनताका कारण नेपाली उत्पादन सुन्तला भारतीय बजारमा निर्यात गर्न नसकिएको समाचार प्रकाशमा आएको छ । यो चिन्ताको विषय हो । नेपाल–भारत व्यापार सम्झौताअन्तर्गत नेपालबाट निर्यात हुने वस्तुमा सुन्तला सूचीकृत छैन । त्यसकारण नोपली सुन्तला भारतीय बजारमा पुग्न पाएको छैन । नेपाल–भारत व्यापार सम्झौतामा नेपालबाट भारततर्फ निर्यात हुने वस्तुमा सुन्तला सूचीकृत नभएसम्म नेपाली सुन्तला भारततर्पm लैजान पाइने छैन । नेपालको पूर्वी पहाडी
धरान / धरान उपमहानगरपालिकाले धरानको वडा नं.२० विष्णुपादुका, वडा नं ४, ५ र ६ पानबारीलाई कृषि पकेटको रुपमा विकास गर्ने योजना अगाडि सारेको छ । तर उपमहानगरपालिकाले त्यहाँका कृषकको जीवन स्तर उकास्ने, कृषकले उत्पादन गरेको कृषि सामग्रीको बजार व्यवस्था तथा सडकको सहज पहुँच नभइदिँदा उत्पादित कृषि सामग्री डोकोमा बोकेर घर घरमा पु¥याउन बाध्य छन् । धरानमा एक कृषि बजार, ठूला दुई वटा फलफूल तथा तरकारी बजार नभएको होइन तर पनि धरान ४ दानाबारीका कृषकले भने आफूले उत्पादन गरेको सामग्रीको भाउ पाएका छैनन्, सहज सडक सञ्जाल नभइदिंदा उनीहरु करिब ५ किलोमिटरको बाटो धरान बजारमा डोकोमै बोकेर बिक्री गर्न बाध्य छन् । धरा
विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स
देशका ठूला शहरहरूमा सडक बालबालिकाको उद्धार र संरक्षण जटिल समस्याको रूपमा देखिएको छ । प्रदेश १ का ठूला शहरहरूमा पनि यो समस्या देखिन्छ । प्रदेश नं. १ का विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरानजस्ता ठूला शहरहरूमा पनि सडक बालबालिकाको व्यवस्थापन समस्याको रूपमा देखिएको छ । यो नयाँ समस्या भने होइन । वर्षौंदेखि यो समस्या यथावत् छ । सडक बालबालिका र सडक मानवहरूको उद्धार र संरक्षणका लागि थुप्रै सामाजिक तथा गैरसरकारी संस्थाहरू सञ्चालन भए पनि यो समस्या वर्षौंदेखि यथावत् छ । यो सबैका लागि चिन्ताको विषय बनेको छ । सामाजिक संस्थाहरूले निरन्तर उद्धार कार्य गर्दासमेत समस्या समाधान हुन सकेको छैन । बरु झन्–झन्
धरान/पर्यटकीय गन्तव्यको रुपमा विकाश हुँदै आएको सुनसरीको बराहक्षेत्र ५ स्थित अमाह सिमसारलाई जैविक विविधता अध्ययन केन्द्रको रुपमा विकाश गरिने भएको छ । सिमसार क्षेत्रमा पाइने विविधतालाई अध्ययन गर्न बृहत विकाश गुरुयोजना अन्तर्गत अमाह सिमसार जैविक विविधता अध्ययन केन्द्र नामाकरण गरि डिपिआर नै तयार भइसकेको छ । जलाधार क्षेत्र रहेको अमाहमा ५० करोड भन्दा बढिको लगानीमा सिमसार क्षेत्रमा जैविक विविधताको अध्ययन केन्द्र निमार्णको काम सुरु भएको छ । प्रदेश नम्बर १ कै ठुलो क्षेत्रमा फैलिएको सिमसार क्षेत्रमा अहिले पिकनिक खेल्न, तालमा बोटिङ गर्न आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ ।
धरान/धरान स्थापना दिवसको अवसर पारेर धरानमा तीनदिने धरान उत्सव मनाइदैन । उत्सवको पहिलो दिन सार्वजनिक विदा दिइएको छ । धरान उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरेर तीनदिनसम्म धरान उत्सव मनाउने र पहिलो दिन विदा दिने जनाएको हो । धरान उपमहानगरपालिकाको कार्यपालिकाको पौष ११ गते बसेको कार्यापालिका बैठकले उद्घाटनको अवसरमा विदा दिने निर्णय गरेको थियो । उत्सव धरान १३ पब्लिक माविको खेल मैदानमा हुने छ । उत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सबै पक्ष लागेको मूल आयोजक समितिका सदस्य सचिव भक्तिराज शर्माले बताए । उनले भने–‘तीन दिने धरान उत्सव धरान १२ को पब्लिक मावि स्कुलको खेल मैदानम
तेह्रथुम / तेह्रथुम र संखुवासभाको जिल्लाको संगम स्थलमा रहेको पाथीभरा मन्दिरमा तीर्थालुसँगै पर्यटकहरु बढ्न थालेका छन् । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाको रुपमा यो स्थानमा पर्यटक र तीर्थालु वर्षभरि आउने गरे पनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको छ । चारैतिर हिमालको मनोरम दृश्यहरुसँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्टै धार्मिक महत्व रहेको छ । गुरासको राजधानीसँगै रहेको यो पाथीभरा मन्दिरमा दर्शन गरे मनकामना पूरा हुने विश्वास रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि भएपनि यो क्षेत्रमा आएको महालक्ष्मी नगरपालिका धनकुटाका मनकुमार खत्री बताउँछन् ।
धरान / धरान–१३ स्थित चिरन्जीवी वचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्व भन्दा वढीको कारोवार गरेकोे छ ।संस्थाको सोमवार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । संस्थाका अध्यक्ष खेम बहादुर माझीद्धारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाको कारोवार भएको उल्लेख गरिएको छ ।संस्थाले २४ लाख ३८ हजार १ सय ५५ रुपैया मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएका छन् ।साधारण सभाको उद्घाटन धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठारोमा पर्दा लौरो
विजयपुर / भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने चाहाना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा १० औं खाना महोत्व सम्पन्न भएको छ । महोत्सव आयोजना भएसँगै भारतीय पर्यटकहरु भेडेटारमा सोचेभन्दा बढी आएका छन् । कोरोना पछि ओरालो लागेको पर्यटक व्यवसायलाई चलायमान बनाउदै बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको थियो । सोही अनुरुप भारतीय पर्यटकको आवागमनमा बृद्धि भएको आयोजकको भनाई छ । कोरोना संक्रमण अघि जुन हिसाबले पर्यटक आउथे त्यही अवस्थामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा भारतीय पर्यटकको आगमन बढेको