भेडेटार फुड फेस्टिबल सम्पन्न : महोत्सवमा भारतीय पर्यटकको आगमनमा बृद्धि

  • पुष १९, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर / भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने चाहाना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा १० औं खाना महोत्व सम्पन्न भएको छ ।
महोत्सव आयोजना भएसँगै भारतीय पर्यटकहरु भेडेटारमा सोचेभन्दा बढी आएका छन् ।

कोरोना पछि ओरालो लागेको पर्यटक व्यवसायलाई चलायमान बनाउदै बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको थियो । सोही अनुरुप भारतीय पर्यटकको आवागमनमा बृद्धि भएको आयोजकको भनाई छ ।

कोरोना संक्रमण अघि जुन हिसाबले पर्यटक आउथे त्यही अवस्थामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा भारतीय पर्यटकको आगमन बढेको छ । प्रदेश नं. १ मा रहेका पर्यटकीय स्थलको सगम स्थलको रुपमा आउने भारतीय पर्यटकहरुले भेडेटारलाई लिएका छन् ।

vedetar-mahotsab-pic

धरानको विजयपुरमा रहेका मठमन्दिरको दर्शनसँगै धनकुटाको भेडेटार तथा धनकुटा आपसापसका क्षेत्र, तेह्रथुम, संखुवासभा, ताप्लेजुङसम्मको रमणीय स्थलको यात्रा उनीहरुको रहेको पाइएको छ ।
भारतको फारविसगञ्जबाट महोत्सवकै अवसर पारेर धनकुटाको भेडेटार आएका प्रवीण साहले पूर्वको पर्यटकीय क्षेत्रको गन्तव्य स्थल नै भेडेटार रहेको बताए ।

उनले भने–‘यहाँको मौसम, प्राकृतिक मनोरम दृश्यको अवलोकनसँगै पूर्वका अन्य जिल्लाको भ्रमण गर्ने स्थान नै भेडेटार हो, नयाँ बर्षको अवसरमा हामी प्रत्येक बर्ष भेडेटार आउने र यहाँबाट ताप्लेजुङसम्मको यात्रा गर्ने गर्छौै ।’ उनले भेडेटार आउनुभन्दा अगाडि धरानको विजयपुरमा रहेका मठ मन्दिरको दर्शन गरेको बताए ।

यहाँको प्राकृतिक सुन्दरता, कुनै छलकपट नभएको, सकारात्मक सोचका मान्छेहरुका कारणा भेडेटारको सुन्दरतालाइ सुनमा सगन्ध थपिएिको भारतबाट आएका पर्यटकहरु बताउँछन् । सोही टोलीमा आएकी ममता साहले आकर्षक स्थलसँगै पाहुनाहरुलाई गरेको सम्मानले आफूहरुलाई मोहित बनाउने गरेको बताइन् ।

उनले भनिन्–‘यहाँको आकर्षक पर्यटक स्थल त छँदैछ यहाँका मानिसहरुले पर्यटकसँग आत्मीय व्यवहार गर्ने गर्छन्, यहाँ आएपछि धेरै दिन बस्न मन लाग्छ ।’

विशेष गरेर भारतमा आइतबार छुट्टी मिल्ने गरेकाले धेरैजसो भारतीय आइतबार आउने गरेको भेडेटार एसोसिएसनकी कावा अध्यक्ष शान्ति मादेन लिम्बुले बताइन् । उनले दुई बर्ष कोरोना संक्रमणले व्यवसायीहरुको व्यवसायी नै धरासायी बनेको बताउदै अहिले भने विगतको भन्दा फरक तरिकाले व्यवसाय सञ्चालन गर्ने पिढीहरु आउन थालेकाले पर्यटकहरु आउन थालेको बताइन् ।

उनले भनिन्–‘दुई बर्ष विश्वव्यापी फैलिएको कोरोना संक्रमणका कारण पर्यटन व्यवसायी धरासयी बन्यो, कोरोना संक्रमण कम भएपछि भारतका विभिन्न ठाउँबाट पर्यटक आउन थालेकाा छन् यसले विगतको असहजतालाई चिर्दै सहजतातर्फ उन्मुख हुदै गएको हामीलाई महसुस भएको छ ।’

त्यसो त यहाँ आएका पर्यटकहरुले भेडेटार आसपासका आकर्षक स्थलको दृश्यावोकन गर्न पाउने भएकोले पनि पर्यटकहरु आउने गरेको साँगुरीगढी गाउँपालिकका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । आगामी दिनमा पर्यटन प्रवद्र्धनका लागि हाइकिङ ट्याक खोलेर साँगुरीगढीलाई जोड्ने र बीच बीचम होमस्टेको विकास गर्ने अवधारणा गाउँपालिकाको योजनामै पारेर काम समेत थालिसकेकोले आगामी दिनमा यसले पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याउने अध्यक्ष रुम्दालीले बताए ।

उनले भने–‘हामीले यस क्षेत्रलाई पदमार्गको रुपमा विकास गर्न गाउँपालिकाको कार्यपालिकाबाट नीति तथा कार्ययोजनामा पास गरिसकेका छौं, यसका लागि बजेट समेत विनियोजन गरिसकेका छौं, बीचमा पर्ने गाउँहरुलाई होमस्टेको रुपमा विकास गर्ने योजना अगाडि सारेका छौं ।’ उनले शाहसिक पर्यटनको रुपमा यो क्षेत्रलाई विकास गरेर लाने योजना अगाडि सारेको बताए ।

महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाकोे साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूख लगायतका ठाउँमा घुम्ने गरेका छन् ।

आन्तरिक तथा भारतीय पर्यटक तान्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवमा अहिले विहारका हर्दिया, पूर्णिया, कटिहार लगायतका भारतीयहरु आएका छन् । भारतीय पर्यटक आउन थालेसँगै थलिएको पर्यटन व्यवसायले पुन ः जुरुक्क उठ्नेमा व्यवसायीहरु आशावादी रहेका छन् ।

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved