अर्थ

    Showing ३१-४० of १,०८६ items.
  • धरानमा कोशी प्रदेशको वन–पर्यटन समीक्षा शुरू, दिगो विकास र पर्यटन प्रवर्द्धनमा जोड

    धरान/ कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी बुधबारदेखि धरानमा शुरू भएको छ। प्रदेश वन निर्देशनालय, धरानको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालय मातहतका कार्यालयहरूले वर्षभरि सम्पन्न गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि समीक्षा भइरहेको छ। गोष्ठीको उद्घाटन पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसाल, मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, प्रदेश योजन

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ६०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा करिब ८ लाखका कुर्ता–सुरुवाल बरामद

    इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब रु. ७ लाख ९५ हजार बराबरका कपडा बरामद गरेको छ। प्रहरी पुगेको थाहा पाएलगत्तै तस्करहरू मोटरसाइकल र कपडाका पोका छाडेर फरार भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ६ः१५ बजे इनरुवा–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा भन्सार छलिका सामान राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्नेबित्तिकै को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झारिरहेका व्यक्तिहरू प्रहरी देख्नासाथ मोटरसाइकल र सामान छाडेर फरार भए

    • प्रकाशित मितिः साउन ९, २०८३
    • २३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रामधुनी वनको हरियाली अभियान: वर्षेनी ३५ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण

    धरान/ सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष करिब ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ। विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीबाट उत्पादन गरिएका बिरुवाको माग वर्षेनि बढ्दै गएको कार्यालयले जनाएको छ। सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता, अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिन्छ। तीमध्ये केही बिरुवा चालु वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवालाई अघिल्ला वर्षदेखि संरक्षण गरी हुर्काइँदै आएको उनले जान

    • प्रकाशित मितिः असार २८, २०८३
    • २७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिलोमा रमाउँदै धान रोप्न सिके हिबिस्कसका विद्यार्थीले

    धरान/ सुनसरीको धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले शनिबार धरान–५ को देवीगाउँ सिरानस्थित खेतमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यालयका विद्यार्थीहरू खेतमै उत्रिएर धान रोप्ने, बिउ ओसार्ने तथा आलि बाउसे गर्ने जस्ता कृषि गतिविधिमा प्रत्यक्ष सहभागी बने। उनीहरूले धानको बिउदेखि चामल उत्पादनसम्मको सम्पूर्ण प्रक्रियाबारे व्यवहारिक रूपमा बुझ्ने अवसर पाए। विद्यालयको पोसाकमै खेतमा पुगेका साना विद्यार्थीहरू हिलोमा रमाउँदै धान रोपाइँमा सहभागी भएको दृश्यले सबैको ध्यान आकर्षित

    • प्रकाशित मितिः असार २७, २०८३
    • ९२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजमा विद्यार्थीलाई आर्थिक अपराधबारे प्रशिक्षण

    धरान/ आर्थिक तथा वित्तीय अपराधका बढ्दा घटनाप्रति विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउन धरान–१६ स्थित युएन नवोदय कलेजमा विशेष सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय धरानको आयोजनामा कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक देवी बहादुर कार्कीले आर्थिक तथा वित्तीय अपराधका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए। उनले पछिल्लो समय अनलाइन ठगी, बैंकिङ ठगी, डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग, साइबरमार्फत हुने आर्थिक अपरा

    • प्रकाशित मितिः असार २४, २०८३
    • ५२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान औद्योगिक क्षेत्रमा ५ नयाँ उद्योग भित्रिए, ३५ करोड लगानीसँगै ३५० जनाले रोजगारी पाउने

    धरान/  धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग भित्रिएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि निष्क्रिय रहेका पाँच उद्योगको लिज सम्झौता रद्द गर्दै नयाँ उद्योगलाई स्थान दिएसँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको हो। नयाँ उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीवनारायण बन्जाडेले जानकारी दिए। उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी उत्पादन नगरी लामो समयदेखि जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरिएको हो। निष्क्रिय उद्योगको सम्पत्ति मूल्याङ्कन गरी कम्पनीको विनियमावलीब

    • प्रकाशित मितिः असार २३, २०८३
    • ६६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

    धरान/  वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले अहिले आफ्नै गाउँमा पेडा व्यवसाय सञ्चालन गरेर मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल उद्यमीको परिचय बनाएका छन्। मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका साह चतराघाटमा सञ्चालन भइरहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि यस व्यवसायमा होमिएका हुन्। सुरुआती चरणमा विभिन्न प्रकारका मिठाइ उत्पादन गरी बिक्री गर्दै आएका उनले पछि पेडा उत्पादनमा केन्द्रित भए। अहिले उनको व्यवसाय राम्रोसँग चलिरहेको छ भने देशका विभिन्न जिल्लाबाट आउने यात्रु र

    • प्रकाशित मितिः असार २१, २०८३
    • २३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सेल्फी रोड लुटकाण्डमा ४ पक्राउ

    धरान/ धरान–१४ स्थित विजयपुर जाने सेल्फी रोडमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेका छन्। पक्राउ पर्नेमा धरान–१६ का २२ वर्षीय विवेक राई, धरान–१३ का २६ वर्षीय 'माछा' भन्ने उज्ज्वल राई, २६ वर्षीय रोशन मगर र २७ वर्षीय 'तोरी' भन्ने विकेश रुम्बा रहेका छन्। एक जना तामाङ थरका व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका उज्ज्वल राईको साथबाट आइफोन ११ र विवेक राईको साथबाट तरबार बरामद भएको छ। गत असार १९ गते राति क्याफेबाट घर फर्किरहेका सन्तोष भुर्तेल र देव बिसुङ्खेलाई तरबार देखाएर ज्यान मार्ने धम

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरको बजेट ढिलाइ : यो साताभित्र ल्याउँछौ

    धरान/  धरान उपमहानगरपालिकाले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न नसकेपछि आलोचना सुरु भएको छ। गत आर्थिक वर्षमा पनि तत्कालीन मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वमा बजेट असोज ४ गते मात्र सार्वजनिक भएको थियो। यसपटक पनि बजेट ढिलो हुने संकेत देखिएपछि धरानमा त्यसैको पुनरावृत्ति हुने हो कि भन्ने चर्चा चल्न थालेको छ। कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले भने बजेट तयारी अन्तिम चरणमा पुगेको बताउँदै यही साताभित्र सार्वजनिक गर्ने दाबी गरेका छन्। उनका अनुसार बजेट निर्माणका क्रममा नागरिकका अपेक्षा र आवश्यकतालाई समेट्ने प्रयास गर्दा

    • प्रकाशित मितिः असार १८, २०८३
    • ७७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हङकङ मञ्चको नेतृत्वमा संजोक राई सर्वसम्मत

    सुनसरी/ हङकङमा रहेका धरानेहरुको हकहितका लागि सन १९९९ मा स्थपना भएको धरान हङकङ मञ्चको २८ जुन आइतवारको दिन भव्य रुपमा १२ औ अधिवेशन संपन्न भएको छ । अधिवेशनले संजोक राईको नेतृत्वमा १३ जनाको नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । हङकङको जोर्डन स्थित किरात याक्थुम चुम्लुङको हलमा संपन्न अधिवेशन वाट १३ जनाको नया कार्यसमिति चयन भएको हो । राई नेतृत्वमा पदाधिकारीहरुमा उपाध्यक्ष रविन तामाङ, सचिव बिकास चाम्लिङ राई, सहसचिव मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई सन्जु निर्वाचित भएका छन ।  यसैगरि सदस्यहरुमा रोशन लिम्वु, किशोर लिम्वु, विजयप्रसाद राई, जोना गुरुङ्ग, राजकुमार राई, आविष्कार लिम्वु,

    • प्रकाशित मितिः असार १५, २०८३
    • १,३०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved