धरानको सेल्फी रोड लुटकाण्डमा ४ पक्राउ तरबार देखाएर मोबाइल–नगद लुट्ने समूहका एक अझै फरार

  • असार २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१४ स्थित विजयपुर जाने सेल्फी रोडमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेका छन्।

पक्राउ पर्नेमा धरान–१६ का २२ वर्षीय विवेक राई, धरान–१३ का २६ वर्षीय 'माछा' भन्ने उज्ज्वल राई, २६ वर्षीय रोशन मगर र २७ वर्षीय 'तोरी' भन्ने विकेश रुम्बा रहेका छन्। एक जना तामाङ थरका व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका उज्ज्वल राईको साथबाट आइफोन ११ र विवेक राईको साथबाट तरबार बरामद भएको छ।

गत असार १९ गते राति क्याफेबाट घर फर्किरहेका सन्तोष भुर्तेल र देव बिसुङ्खेलाई तरबार देखाएर ज्यान मार्ने धम्की दिँदै मोबाइल, नगद, चाँदीको सिक्री र पर्स लुटिएको थियो।

प्रहरीले धरान–२० को जंगल क्षेत्रमा लुकेर बसेका रोशन, उज्ज्वल र विकेशलाई पक्राउ गरेको हो भने विवेकलाई भाग्ने क्रममा धरान–१३ बाट नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चतरामा श्रावणमा लाग् ...

वराहक्षेत्र/ श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी ...

भिरबाट लडेर ४० वर्षी ...

मोरङ/  मोरङको मिक्लाजुङ गाउँपालिका–२ चु ...

वैदेशिक रोजगारीबाट फ ...

धरान/  वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराह ...

भारतबाट ब्राउन सुगर ...

सुनसरी/ सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved