अर्थ

    Showing ११-२० of १,०८६ items.
  • आईपीओ जारी गर्ने तयारीमा विराट एग्रो

    विराटनगर/  विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता विराट एग्रो लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्श सेवासहित सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ । एनआईसी एसिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको ज

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ५६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १ अर्बभन्दा बढी हुण्डी कारोबार, धरानका शाही पक्राउ

    धरान/ सुनसरीको धरानमा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाका खाता प्रयोग गरी १ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा एक पुरुष  पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएका ज्योति शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेपछि पक्राउ गरेको हो। शाहीलाई थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट असोज ६ गते पक्राउ अनुमति लिइएको थियो। त्यसपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरान–५, खैरेनी

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ९१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी बनेर मेडिकलमा छिरे, धम्क्याएर नगद लुटे; दुई जना पक्राउ

    काठमाडौं/ काठमाडौंको चन्द्रागिरीमा आफूलाई सादा पोसाकका प्रहरी भएको भन्दै मेडिकलमा प्रवेश गरी डर–त्रास देखाएर नगद रकम लिएर भागेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोलका ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सञ्जय बिसुंखेल रहेका छन्। प्रहरीका अनुसार २०८३ असोज १ गते साँझ करिब ६ः४० बजे चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा अपरिचित व्यक्तिहरू प्रवेश गरेका थिए। उनीहरूले आफूहरू सादा पोसाकमा खटिएका प्रहरी भएको र मेडिकल पसलहरूको अनुगमन गर्न आएको भन्दै सञ्चालकलाई डर–त्रास तथा धाकधम्की दिएका थिए। त्यस क्रममा मेडिकल

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बजेट रोकिएपछि पूर्वाधार विकास कार्यालय खोटाङले संघीय सशर्त बजेटका योजनाको ठेक्का प्रक्रिया अघि बढायो

    खोटाङ/  कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोजन भएको बजेट हाललाई रोकिएपछि प्रदेशअन्तर्गतका आयोजना तथा कार्यक्रमको ठेक्का प्रक्रिया प्रभावित भएको छ। बजेट संशोधनको प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म प्रदेश बजेटअन्तर्गतका योजनाको ठेक्का प्रकाशन नगर्न मन्त्रालयले निर्देशन दिएको छ। यता, संघीय सरकारबाट प्राप्त सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया भने अघि बढाइएको छ। पूर्वाधार विकास कार्यालय, खोटाङले संघीय सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया अघि बढाएको हो। ठेक्का प्रक्रियामा सहभागी हुने निर्माण व्यवसायी तथा सम्बन्धित पक्षलाई सहज होस् भन्ने उद्देश्यले कार्यालयले

    • प्रकाशित मितिः असोज ६, २०८३
    • १०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ११ लाख ३० हजारभन्दा बढीका सामान मोरङका विभिन्न स्थानबाट बरामद

    धरान/ भारतबाट तस्करी गरेर नेपाल ल्याइएको ११ लाख ३० हजार ५ सय १६ रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली ल्याइएका लत्ताकपडा, हार्डवेयरका सामान, मोबाइल पार्ट्स तथा किराना सामान सोमबार मोरङका विभिन्न सीमा क्षेत्रबाट बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बीओपी)बाट खटिएको टोलीले ती सामान बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभाग तथा बीओपी जहदा भुटाहा

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्वकर्मा पूजामा २ लाख ८३ हजार आम्दानी, २ लाख ४२ हजार बचत

    धरान/ धरान–८ तीनकुनेस्थित श्री श्री १०८ बाबा विश्वकर्मा मन्दिरमा असाेज १ गते सम्पन्न विश्वकर्मा पूजाको आय–व्यय सार्वजनिक गरिएको छ। मन्दिर व्यवस्थापन समितिले पूजाका क्रममा भक्तजन तथा श्रद्धालुबाट प्राप्त दान–दक्षिणा र भएको खर्चको विवरण सार्वजनिक गरेको हो। समितिका अनुसार विश्वकर्मा पूजाका अवसरमा विभिन्न शीर्षकबाट कुल २ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ। जसमध्ये मोनी बाबा धुनाबाट ५० हजार, विश्वकर्मा, हनुमान तथा गणेश मूर्तिमा भक्तजनबाट प्राप्त दानबाट ६७ हजार ५ सय, मन्दिर विकासका लागि १ लाख ३२ हजार, राम दरबार, दुर्गा मन्दिर तथा शिव मन्दिरको भेटीबाट २० हजार र अन्य दान तथा आ

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घर फोडेर सुनका गहना र नगद चोरी, १९ वर्षीय युवक पक्राउ

    दमक/ झापाको दमकमा घर फोडेर सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। दमक नगरपालिका–२ की ३१ वर्षीया मनिषा तामाङको घरमा कोही नभएको मौका छोपी चोरले कोठामा रहेको दराज फुटाएर सुनको सिक्री, बालिकाका तीन तोलाका दुई थान सुनका चुरा, दुई थान सुनको पिंजडा, एक थान सुनको तिलहरी र नगद २० हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ। घटनाबारे असोज ३ गते इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनास्थल तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको सहयोगमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजतलास थालेको थियो। ख

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ४३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दस लाखको अवैध कुखुराको मासुजन्य सामान बरामद, २१ सय ५८ प्याकेट नष्ट

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी टोलबाट प्रहरीले भन्सार छली ल्याइएको करिब १० लाख रुपैयाँ बराबरको अवैध कुखुराको मासुजन्य सामग्री बरामद गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब १०ः३० बजे वेवारिसे अवस्थामा ती सामग्री फेला पारेको हो। प्रहरीका अनुसार बरामद सामग्रीमा ४७१ प्याकेट चिकेन सिक कबाब, ४०३ प्याकेट चिकेन बर्गर प्याटी, २०६ प्याकेट चिकेन नगेट्स, ५५४ प्याकेट चिकेन फिंगर र ५२४ प्याकेट चिकेन मिटबल रहेका छन्। यसरी विभिन्न पाँच प्रकारका गरी कुल २ हजार १ सय ५८ प्याकेट अवैध मासुजन्य स

    • प्रकाशित मितिः असोज ३, २०८३
    • १३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट चोरबाटो हुँदै ल्याइँदै गरेको ७ हजार ब्रोइलर चल्ला बरामद

    विराटनगर/ भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट चल्ला बरामद गरेको हो । रातको अँध्यारोमा धानखेतको आली समातेर १४ वटा भार बनाएर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले चल्ला बरामद गरेको जनाएको छ । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए । सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरेको थियो । ती कार्टुनमा सात हजारवटा ब्रोइलरका चल्

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५० हजारबाट सुरु भएको तरकारी खेती अहिले वार्षिक ४० लाखको आम्दानी

    सुनसरी/ बराहक्षेत्र -६ श्रीलंका टप्पुका बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्ष  कुवेत बसेर स्वदेश फर्केका बालक कुवेतबाट नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएको उहाँले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो । खानका लागि पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो, चन्द्रवंशीले भन्नुभयो, नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved