धरान । बराहक्षेत्रको सप्तकोशी नदी स्थित चतरा नहरमा आगामी कार्तिक १६ गते हुने पानी सुल्के प्रतियोगिताको प्रवर्धनका गर्न बुधबार खाली खुट्टा पत्रकारहरुले अर्धनग्न फुटबल खेलेका छन् ।जसलाई बगर फुटबल खेल भनिन्छ ।यसरी बगरमा अर्धनग्न खेल खेल्दा स्वास्थ्यको दृष्टिबाट पनि राम्रो र लाभ हुने भएकाले पानी सुल्के प्रतियोगिताको प्रवद्र्धन गर्न नेपाल पत्रकार महासंघ सुनसरी र चतरा हाइकिंङ समुह बीच मैत्री पुर्ण फुटबल खेलेको पानी सुल्के प्रतियोगिताका कार्यक्रम संयोजक नवराज विष्टले बताए । उनले भने,‘नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको पानी सुल्के प्रतियोगिता हामीले आयोजना यसपाली दोश्रो पटक हो,यस खालको प्रत
धरान/ यो बर्षको तिहारमा सयपत्री फूलको अभाब हुने भएको छ । सयपत्री फूल समयमा नै नफुलेकाले फूल बजार सम्म आएको छैन ।गत बर्षहरुमा आज काग तिहारको दिनदेखि नै सयपत्री फुलले बजार फुलमय हुने गरेको थियो । तर यो बर्ष भने बजारमा फूल नदेखिएपछि स्वयम् व्यापारीहरु नै अन्यौलमा परेका छन् । गत साल सयपत्री फूल बजारमा फ्याला फ्याल अर्थात सस्तो भएको थियो । फूलको अभाब हुने भएपछि यस बर्ष भने सयपत्री फूलको बजार भाउ महंगो हुने संकेत देखिएको कृर्षि उपज बजार धरान १३ का बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनले भने,‘यो बर्ष लोकल सयपत्री फूल अहिले सम्म बजारमा आउन सकेको छैन,भारतीय फूल पनि आएको
विराटनगर/ नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ । नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र राई, उमेश थापा र कोषाध्यक्ष राजेश गुप्तालाई जिम्मेवारी दिइएको प्रवक्ता यदुकुमार विष्टले जानकारी दिए । प्रवक्ता विष्टका अनुसार बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्र
धरान/ नेकपा माओवादीले जनयद्धताको भुमिगतकालदेखि नै सुरुवात गरेको श्रम अभियानलाई धरानका विभिन्न वडाहरुमा निरन्तरता दिदैं आएको छ । जनयद्धको भुमिगतकालमा जनताको बाटो बनाउने देखि लिएर अत्याअवस्कीय जीवन उपयोगी कुराहरुको निम्ति श्रम अभियानलाई सन्चालन गरी आमुल परिवर्तनको लागि जनताको घरदैलो सम्म नै पुगेर उक्त श्रम अभियानको सुरुवात गरे अनुरुप नै अहिले पनि त्यही कुरालाई धरानमा निरन्तरता दिदैं आएको नेकपा माओबादी केन्द्रका धरान नगर इन्चार्ज चोत्लुंगले बताए । उनले भने,श्रम अभियानलाई अहिले पनि जनताको घरदैलोमा गएर निरन्तरता नै दिदै आइरहेका छौ,यो अभियान भनेको जनतासँग प्रत्यक्ष रुपमा जोडिएर जनताको आ
सुनसरी/ २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । २१ वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोचेका पनि थिएनन् । ड्रागन फलको त्यही बिरुवाबाट अहिले उनी यसको व्यावसायिक खेतीमा क्रियाशील छन् । सुरुमा त उनलाई थाहा थिएन, यो फल यत्ति महङ्गो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर । अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उनी यसतर्फ आकर्षित बनेका हुन् । व्यवसाय सुरु गर्दा स्थानीय बजारहरुमा पनि प्रतिकेजी रु एक हजार दुई सयमा बिक्री वितरण हुने
धरान/ सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजा परीक्षाफल प्रकाशित हुँदा लज्जास्पद भई हरेक बर्ष आलोचना हुँदै आएको छ । सरकारले अरबौं अरब रकम सरकारी विद्यालयको गुणस्तर सुधार गर्नको निम्ति लगानी गर्ने तर परीक्षाको नतिजा भने ओरालो तर्फ लाग्ने भएकाले पनि सामुदायिक विद्यालय र शिक्षकले आलोचना खेप्नु परेको हो ।अंग्रेजी,नेपाली र गणित विषयमा विद्यार्थी सामुदायिक विद्यालयमा कमजोर बनेको परिणामले देखाउँदै आएको छ । गणित विषयमा त झनै विद्यार्थी अत्यत्नै कमजोर बन्ने गरेका छन् । आलोचना खेप्दै आएका कोशी प्रदेशका शिक्षकहरुले उक्त कुराको महसुस गरी सोमबारदेखि धरानमा शिक्षकहरु कसरी विद्यार्थीलाई प
धरान/ सडक निर्माण गर्ने ठेकेदार कम्पनीले पछिल्लो निर्माणाधीन सडक बीचैमा अलपत्र छोड्ने परिपाटी बढ्दै जाँदा सरकारी स्तरबाट यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । ठेकेदारले काम जिम्मा लिने र विभिन्न बाहाना देखाएर समयमा काम गर्ने परिपाटि पछिल्लो समय वढ्दै गएको छ । यसैलाई मध्यनजर गर धरान १५ निराजन बस्तीदेखी धरान ४ को देवीगाउँ, पत्रङबारी–पत्रङबारी–हर्दिया–पेलपुर ढाडे हुदै कन्यापोखरी जोड्ने विगत ५ बर्ष अगाडिदेखि अलपत्र परेको छ । पाँच बर्षपछि बल्ल कोशी प्रदेश सरकारले यो सडक निर्माण ढिलाईको विषयमा चासो देखाएको छ । यो सडक खण्डले धरान उपमहानगरपालिकालाई जोड्ने गर्छ
विराटनगर । कोशी प्रदेश सरकारले याक्थुङ भाषालाई प्रदेश एकको कामकाजको भाषा बनाउन अटेरी गर्दै वेवास्ता गरेको पाइएपछि फेरी सरोकार पक्षले सरकारको पुनः ध्यानाकर्षण गराएको छ । याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले तत्कालै भाषा कार्यान्वयन गराउन तत्कालै विधेयक ल्याउन पनि माग गरेको छ ।सोमबार प्रदेशको राजधानी विराटनगर पुगेर समूहले प्रदेश एकका सामाजिक विकासमन्त्री पाँचकर्ण राईलाई भेटेर विधेयक निर्माणमा तत्कालै काम अघि बढाउन ध्यानाकर्षण गराएको छ । हामीले याक्थुङ भाषालाई कामकाजको भाषा बनाउन तत्कालै विधेयक निर्माण गरेर प्रस्तुत गर्न माग गरेका छौँ,संयोजक मोहन तिगेलाले भने,विधेयकको खाका निर्माण भएर प
धरान । पूर्ब राजपरिषद सदस्य चक्र बहादुर शंकरको आइतबार राती निधन भएको छ । पूर्ब राजा बीरन्द्र शाहको अस्थायी राजपरिषद सदस्य र ज्ञानेन्द्र शाहको कार्यकालमा स्थायी सदस्य समेत रहेका शंकरको राती १ बजे निधन भएको धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेश गजमेरले बताए ।उनका अनुशार शंकर इलाम चिया बगानको पूर्ब मेनेजर र नेपाल सरकारको पूर्वशाखा अधिकृत(द्धितीय श्रेणी) समेत हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शंकरको मृत शरीर दान गरिएको छ । उनको मृत्यअघिको इच्छा मुताविक प्रतिष्ठानलाई शरीर दान गरिएको भतिज गोपाल शंकरले बताएका छन् । धरान –८ निवासी शंकर दीर्घरोगबाट
धरान । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएकोले यो खेलको प्रवद्र्धनका लागि यस बर्ष पनि धरान हाइकिङ समूहले निरन्तता दिने भएको छ ।आयोजक चतरा हाइकिङ समूहले सोमबार धरानमा पत्रकार सम्मेलनको अयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगिता यही कार्तिक १६ गते शुक्रबार हुने भएको हो ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश २५, १५ र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सयोजक नवराज विष्टले जानकारी दिए । गत बर्ष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५, ३ र २ हजार प्रदान गरिएकोमा यो बर्