समाज

    Showing 841-850 of 6,816 items.
  • धरानमा लागूऔषधसहित एक युवक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ का २८ वर्षीय भोजराज चौहानलाई प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार, गोप्य सूचनाका आधारमा आईतबार राति करिब ९ बजे प्रहरी टोलीले चौहानको घरमा छापा मारेको थियो। प्रसनि रविन पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले घरको कोठामा खानतलासी गर्दा ट्रामाडोल १४० क्याप्सुल, स्पास्पेन ६० ट्याबलेट र डिकोलिकल ८० ट्याबलेट फेला पारेको जनाएको छ। नियन्त्रणमा लिइएका चौहानमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनी लामो समयदेखि सो क्षेत्रमा ल

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    धरान/ सूर्यदेवको आराधना र कृतज्ञताको पर्व छठको आज मुख्य दिन हो । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभरका नदी, पोखरी र जलाशय किनारहरूमा श्रद्धा, भक्ति र उल्लासको माहोल छाएको छ । चार दिनसम्म मनाइने यो पर्वको तेस्रो दिन अर्थात् संध्या अर्घ्यमा व्रतीहरू कमरसम्म पानीमा उभिएर सूर्यदेवलाई दूध, जल र विभिन्न प्रसाद अर्पण गर्छन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने यो क्षणलाई जीवनको चक्रमा ‘अन्त्य र नयाँ सुरुवात’को प्रतीक मानिन्छ । व्रतालुहरूले बिहानदेखि नै उपवास गरी साँझ नदी किनारमा सूपमा ठकुवा, ठेकुवा, कदरी, केरा, नरिवल र अन्य प्रसाद राखी अर्घ्य दिने तयारी गर्छन् । छठ पर्वमा

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

    धरान / तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरूले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् । सुनसरीको रामधुनी नगरपालिका–५, झुम्काका व्यापारी धर्मुकु स्वामीले भन्नुभयो, “छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ । तीन चार दिनमा तीन लाखभन्दा बढीको कारोबार हुन्छ ।” उहाँले पहाड र भारतका विभिन्न स्थानबाट सामान ल्याई छठमा बिक्री गर्दै आउनुभएको छ । “सहरमा चोयाका सामग्री बनाउने कम भइसकेका छन्, भोजपुर, धनकुटालगायतका पहाडी भेग र भारतबाट सामान ल्याएर बिक्री गर्नुपर्ने अवस्था छ”, उ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचिनगर–१२ नयाँ बस्तीमा सामूहिक देउसी नाच सम्पन्न

    झापा/ तिहारको भाइटिकाको अवसरमा झापाको मेचिनगर–१२ स्थित नयाँ बस्ती युवा परिवारले परम्परागत सामूहिक देउसी नाच कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका सञ्चालक राजकुमार कार्कीका अनुसार यस वर्षको देउसी नाचबाट एक लाख पाँच हजार दुई सय साठी रुपैयाँ संकलन भएको छ। समाजले संकलित रकम समुदायलाई आवश्यक पर्ने क्षेत्रमा सहयोगका लागि प्रयोग गर्ने जनाएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कैलास कार्कीले गर्नुभएको थियो। कार्यक्रममा यस वर्ष मेचिनगर–१० बाट आएको उराँव नाचले विशेष आकर्षण पाएको थियो। साथै साकेला नाच, मारुनी नाच र मौलिक देउसी गीत–सङ्गीतमा प्रस्तुत नृत्यहरूले उपस्

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 960 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लेटाङमा बेपत्ता १३ वर्षीया अंशु गौतम मृत फेला, गाउँ शोकमा!

    मोरङ/१८ दिनदेखि बेपत्ता रहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतम विभत्स अवस्थामा मृत फेला परेकी छिन्। अंशुको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लेटाङले पुष्टि गरेको छ। गत असोज २१ गते दिउँसो ‘साथी भेट्न जाँदै छु’ भन्दै घरबाट निस्केकी अंशु त्यसयता बेपत्ता थिइन्। परिवारले सर्वत्र खोजी गरे पनि उनीबारे कुनै पत्ता नलागेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार बालिकाको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा गम्भीर रूप

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 751 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–११ मा ठूलो परिमाणमा लागू औषधसहित तीन जना पक्राउ

    धरान/ धरानमा लागू औषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ठूलो परिमाणमा ट्याब्लेटसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–११ स्थित बिकाश परियारको घरमा सोमबार दिउँसो १ः२५ बजेतिर खानतलासी गर्दा Decolic ५०० ट्याब्लेट र Tramol ५०० ट्याब्लेट फेला पारेको हो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले१. धरान–११ का ३१ वर्षीय बिकाश परियार,२. सोही स्थानका २२ वर्षीय विजय परियार, र३. धरान–१७ का ३६ वर्षीय इन्द्र राईलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय धरा

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 1,065 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुनर्निर्माणका लागि देउसी कार्यक्रम

    धरान/ धरान–१७ सचेत नागरिक समूहले यसपटक तिहारमा सांस्कृतिक देउसी खेलेर रकम सङ्कलन गर्ने भएको छ ।  देउसी कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रकम जेन–जी आन्दोलन क्रममा ध्वस्त बनाइएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा खर्च गरिने समूहले जनाएको छ । समूहले आइतबार पत्रकार सम्मेलनमार्पmत् यसबारे जानकारी दिएको हो । समूहले यही कात्तिक ५ गते रेल्वेचोकमा सांस्कृतिक देउसी कार्यक्रम आयोजना गर्ने भएको छ । देउसीबाट सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं.१९६०१००१०२०७०००४ (भौतिक पूर्वाधार पुनर्निर्माण कोष) मा जम्मा गरिने समूहका संयोजक दयाराम थापाले जनाए । समूहले २०८१ मा पनि बाढीपीडितहर

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 881 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन्दरहरैंचामा साथी कम्प्युटर सेन्टरद्वारा क्विज प्रतियोगिता सम्पन्न

    सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा - ३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै संस्थामा अध्ययनरत विद्यार्थीहरूबीच रोचक क्विज प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगिता दुई चरणमा सम्पन्न भएको सम्पन्न भएको थियो। पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएको थियो।   समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३ जना विद्यार्थी रहेका थिए। पहिलो चरणमा समूहगत रूपमा प्रतिस्पर्धा हुँदा समूह सी प्रथम, समूह ई दोस्रो तथा समूह ए ले तेस्रो स्थान हासिल गर्न सफल भएको साथी कम्प्युटर लर्निङ सेन्टरका प्रमुख निरन्जन प्रसाद आचार्यले जानकारी दि

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 487 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा चाडपर्व लक्षित विशेष सुरक्षा सतर्कता : कुकुरसहित संयुक्त चेकिङ अभियान

    सुनसरी/  चाडपर्वलाई लक्षित गर्दै प्रहरीले धरानमा विशेष सुरक्षा सतर्कता अपनाएको छ। यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, धरानले शनिबार विशेष ‘डग स्निफिङ’ (कुकुरद्वारा स्क्यानिङ) सहितको संयुक्त चेकिङ अभियान सञ्चालन गरेको हो। धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी लोकमार्ग क्षेत्रमा सञ्चालन गरिएको उक्त चेकिङमा दुईवटा तालिमप्राप्त कुकुर (डग) सहित २० जनाको संयुक्त टोली परिचालन गरिएको थियो। उक्त टोलीमा इलाका प्रहरी कार्यालय धरान, ट्राफिक प्रहरी र केनाइन शाखा धरानका सुरक्षाकर्मीहरू सहभागी थिए। प्रहरीका अनुसार चाडपर्

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको धार्मिक क्षेत्रको सरसफाइमा स्थानीय सरकार उदासीन: संघसस्थाहरुद्वारा सरसफाइ अभियान सञ्चालन

    धरान/ धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुर क्षेत्र धार्मिक पर्यटन गन्तव्यको रूपमा परिचित छ । पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली, भीमसेन, शनि, पाथीभरा लगायतका मन्दिरहरू रहेको यो क्षेत्र वर्षभरि हजारौँ भक्तजनले दर्शन गर्ने केन्द्र बनेको छ । तर, धार्मिक सम्भावनाले भरिपूर्ण यस ठाउँलाई विकास गर्ने लक्ष्य सार्वजनिक गरे पनि स्थानीय सरकारले सरसफाइ र फोहोर व्यवस्थापनजस्ता आधारभूत कुरामा समेत आवश्यक ध्यान नदिएको आरोप स्थानीयवासीले लगाएका छन् । विजयपुरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भन्दै उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा समेटे पनि व्यवहारमा भने पहल कमजोर देखिएको छ । स्

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved