सुनसरी आदिवासी जनजाति महासंघको अध्यक्षमा सुरेन्द्रमान सर्वसम्मत

  • पुस १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, सुनसरीको छैठौं जिल्ला अधिवेशनले सुरेन्द्रमान स्थापितलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।
 
शनिबार धरान–१४ स्थित आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालयको सभाहलमा सम्पन्न बन्दसत्रले स्थापितको नेतृत्वमा नयाँ जिल्ला समन्वय परिषद् गठन गरेको हो।
 
अध्यक्ष राम मान्दुपा राईका अनुसार शुक्रबार साँझदेखि सुरु भएको बन्दसत्रले उपाध्यक्षमा भरतमान थामी, टन्क तामाङ, जयनारायण सिंह दनुवार र शारदा माझीलाई चयन गरेको छ।
 
सचिवमा रामकुमार चौधरी चयन भएका छन् भने सह–सचिवमा शिवानन्द कुमार मण्डल, युद्धबहादुर धिमाल, नारायण कुमार उराँव र विशाल शेर्पा रहेका छन्।
 
त्यस्तै, कोषाध्यक्षको जिम्मेवारी अनुपमा सुनुवारले पाएकी छन्।
 
यसअघि शुक्रबार आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालयको प्राङ्गणमा महासंघका केन्द्रीय अध्यक्ष गेल्जी लामा शेर्पाको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन समारोह सम्पन्न भएको थियो।
926256560603887887_25833772062919188_3302445456731627290_n.

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved