खेलकुद महोत्सवको रकमबाट अध्ययन केन्द्र बनाइने

  • पुस १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सवबाट संकलित रकमको प्रयोग गरी धरानमा ‘खेलकुद अध्ययन केन्द्र’ स्थापना गर्ने योजना सार्वजनिक गरेका छन्।

आइतबार सम्पन्न खेलकुद महोत्सवको समापन समारोहमा बोल्दै अध्यक्ष राईले उक्त केन्द्रमार्फत धरान र देशका लेजेन्डरी खेलाडीहरूको अतुलनीय योगदान उजागर गरिने, उनीहरूको जीवनी संकलन गरिने तथा नवप्रतिभा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग गरिने जानकारी दिए।

अध्यक्ष राईले भने, “खेलकुद अध्ययन केन्द्र स्थापना गरेर खेल जगतको महत्व र खेलाडीहरूको अमूल्य योगदानलाई दस्तावेजीकरण गर्नेछौं। यसले भावी पुस्तालाई प्रेरणा दिनेछ।”

समापन समारोहका प्रमुख अतिथि धरान उपमहानगरपालिका–१६ का वडा अध्यक्ष मुरारी भट्टराईले विकास भनेको केवल सडक र नालामात्र नभई शिक्षा, खेलकुद, पर्यटन र व्यापारिक क्षेत्रलाई समेत समेट्ने समग्र विकास हुनुपर्नेमा जोड दिए।

धरानका व्यवसायीहरू इटहरीतिर सर्दै गएको प्रसंग उल्लेख गर्दै उनले किन धरानमा व्यवसायिक वातावरण बन्न नसकेको हो भन्ने विषयमा स्थानीय नेतृत्वले गम्भीर ध्यान दिनुपर्ने बताए।

वडा अध्यक्ष भट्टराईले धरान–१६ को संयोजनमा जागरण क्लबको आयोजनामा वडा स्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिँदै, खेलकुद क्षेत्रलाई अगाडि बढाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए।

उनले गोधुली फुटबल क्लब र धरान फुटबल क्लबले खेलकुदमार्फत धरानको साख जोगाउन खेलेको भूमिकाको प्रशंसा गरे। साथै, बक्सिङ र कराँते खेलाडीहरूको मेहनत तथा किरण लामाले कराँते क्षेत्रमा पुर्‍याएको लामो योगदानको चर्चा गरे।

मंसिर २५ गतेबाट सुरु भएको खेलकुद महोत्सव १५ दिने योजना भए पनि समय थप गरेर १८ दिनसम्म सञ्चालन गरिएको थियो। मञ्चका अध्यक्ष राईका अनुसार महोत्सव अवधिभर करिब १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

महोत्सवमा खेलकुदसम्बन्धी विभिन्न खेल खेल्न मिल्ने थिम स्टलहरू राखिएका थिए भने प्रत्येक साँझ सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। साथै, आगन्तुकहरूका लागि आदिवासी जनजातीय परिकारका खानपान स्टलहरूको विशेष व्यवस्था गरिएको थियो।

समापन समारोहमा विभिन्न खेलका प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved