भानु स्मृति माविमा खेलकुद सप्ताह समापनसँगै पुरस्कार तथा सम्मान

  • पुस १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयमा आयोजित खेलकुद सप्ताहको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आइतबार विद्यालय परिसरमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नैनकला न्यौपानेको अध्यक्षता तथा धरान–३ का वडा अध्यक्ष बिद्या शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा हासिल गर्ने प्रथम, द्वितीय र तृतीय स्थानका विद्यार्थीहरू तथा खेलकुद सप्ताहअन्तर्गत विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक रबिन सुबेदीले जानकारी दिए।

उनका अनुसार विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषका दाताहरूलाई सम्मान गर्दै सोही कोषको ब्याजबाट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष शाक्य, विव्यस अध्यक्ष न्यौपाने तथा शिक्षक अभिभावक संघ अध्यक्ष शान्ता अधिकारीलगायतले विद्यार्थी र दाताहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए।

वडा अध्यक्ष शाक्यले विद्यालयको एसईई नतिजा अघिल्ला वर्षको तुलनामा उल्लेख्य सुधार भएको उल्लेख गर्दै विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा गीत प्रस्तुत गरी उपस्थित अतिथि र अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। सहायक प्रधानाध्यापक हेमराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक ओमनाथ रिमालले गरेका थिए।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved