तीर्थनगरीको नवौ बार्षिक साधारण सभा सम्पन्न

  • पुस १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ बराहक्षेत्र-१ चतरामा रहेको तीर्थनगरी बचत तथा सहकारी संस्थाले आफ्नो नवौ वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ ।

सोमबार संस्थाले नवौ वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको हो ।

सभामा संस्थाका अध्यक्ष महेस कुमार ब्रजाचार्यले प्रगति प्रतिवेदन र भाबि योजना , व्यवस्थापक दिपक कार्कीले भावी नीति तथा कार्यक्रम र बजेट प्रस्तुुत र लेखा सुपरिवेक्षण समितिका तर्फबाट संयोजक मुनु थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारी संस्थाले ९१ लाख ४४ हजार ७ सय रुपैयाँ सेयर पुँजी बनाउन सफल भएको, आर्थिक वर्ष २०८१/८२ सालको प्रगति विवरण प्रस्तुत गर्दै सहकारी संस्थाले कुल ६ करोड ५७ लाख २५ हजार ९ सय ८२ रुपैयाँ ९८ पैसा निक्षेप रहेको गरेको उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०८१ /८२ सालको प्रगति विवरण गर्दै व्यवस्थापक दिपक कार्कीले भावी नीति तथा कार्यक्रम र बजेट प्रस्तुतसँगै संस्थाले ३ करोड ३६ लाख ३६ हजार १ सय ९५ रुपैया कर्जा प्रवाह गरेको जानकारी दिएका थिए ।

उनले आव २०८१/८२ को मसान्तसम्मको आर्थिक कारोबार र भावी नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे । उनले सदस्यहरूलाई धितोमा १२ लाख ५० हजार सम्म कर्जा प्रवाह गरिने बताए । 

यस्तै लेखा सुपरिवेक्षण समितिका तर्फबाट संयोजक मुनु थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आन्तरिक लेखा परीक्षण गर्ने क्रममा आव २०८१/८२ सालको संस्थाका वित्तीय गतिविधि तथा कारोबार प्रस्तुत गरे ।

कार्यक्रममा सामाजिक व्यक्तित्व सम्मानतर्फ स्थानिय समाजसेवि कृष्णप्रसाद दाहाल , ज्येष्ठ सेयर सदस्य सम्मान (पुरुष) तर्फ तिलक बहादुर दमाई , ज्येष्ठ सेयर सदस्य सम्मान (महिला) तर्फ सानुमाया बस्नेत , उत्कृष्ट निक्षेपकर्ता (पुरुष) तर्फ श्रवण कुमार साह , उत्कृष्ट निक्षेप कर्ता (महिला) तर्फ गीता राई, उत्कृष्ट कर्जा कारोबार गर्ने शेयर सदस्य (पुरुष) तर्फ दिपक घिमिरे , उत्कृष्ट कर्जा कारोबार गर्ने सेयर सदस्य (महिला) तर्फ सिता राई नगद सहित सम्मान गरिएको थियो ।

अध्यक्ष महेस कुमार ब्रजाचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थामा संस्थापक अध्यक्ष गोबिन्द मगरको प्रमुख आतिथ्यता रहेको थिए ।

कार्यक्रमको संचालक संस्थाका व्यवस्थापक दिपक कार्की तथा स्वागत् मनत्वय उपाध्यक्ष सुशिला शेर्पाले गरेकी थिईन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved