धरानमा ब्राउन सुगरसहित दुई जना पक्राउ नगद र मोटरसाइकल बरामद

  • पुस १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–८ धनकुटे रोडस्थित एक घरबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी वरगाछीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति २ः५० बजे खानतलासी गर्दा ठूलो परिमाणमा लागूऔषध फेला पारेको हो।

अभियान राईको घरमा लागूऔषध लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा सोही घरमा डेरा गरी बस्दै आएका पाँचथरको हिलीहाङ गाउँपालिका–७ का ३२ वर्षीय विशाल योक्पाङदेनको साथबाट प्लास्टिकमा पोका पारेर राखिएको ब्राउन सुगर   ५.८१ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही कोठामा बस्ने धरान उपमहानगरपालिका–१० का १८ वर्षीय इमन लिम्बुको साथबाट चुइगमको खोलमा लुकाइछिपाइ राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ ०.२७ ग्राम फेला परेको छ।

दुवै जनाको साथबाट जम्मा ६.०७ ग्राम लागूऔषध बरामद भएको प्रहरीले पुष्टि गरेको छ।

खानतलासीका क्रममा प्रहरीले ६ थान विभिन्न ब्रान्डका मोबाइल फोन, डिजिटल तराजु, नेपाली नगद १९ हजार ६ सय ५ रुपैयाँ, भारतीय नगद १ हजार ५० रुपैयाँ, दावसहितको खुकुरी र को १६ प ५०१० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved