धरानमा ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ भव्य रूपमा उद्घाटन

  • पुस १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फणिन्द्र तिम्सिना

सुनसरी/  धरान उपमहानगरपालिकाका उप–प्रमुख अइन्द्र बिक्रम बेघाले युवाहरूको सक्रियतामा सञ्चालनमा आएको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ को सोमबार भव्य उद्घाटन गरेका छन्।

धरान–गौतमपथ (नयाँ सब्जी मण्डी नजिक) अवस्थित स्टुडियोको उद्घाटन गर्दै उप–मेयर बेघाले युवाहरू गलत बाटोतर्फ नलागी उद्यमशीलतामा लाग्नु सकारात्मक र प्रशंसनीय भएको बताए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उप–मेयर बेघाले भने, “म जहाँ पुग्छु—जन्मदिन होस् वा पसल उद्घाटन, म युवाहरूलाई प्रोत्साहन गर्न जान्छु। राम्रो कामको सुरुवात गर्दा सरकार सधैं युवाको साथमा हुनुपर्छ।”

उनले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
व्यवसाय सुरु गर्दा सुरुवाती चुनौती आउन सक्ने उल्लेख गर्दै बेघाले गुणस्तरीय सेवा र राम्रो सामाजिक सम्बन्ध कायम गर्न सके ग्राहकहरू आफैं खोज्दै आउने बताए। युवाहरूले स्वरोजगार सिर्जना गर्नुका साथै अरूलाई पनि रोजगारी दिने कार्य उदाहरणीय भएको उनको भनाइ थियो।

स्टुडियो तथा एकेडेमीकी सञ्चालिका रोमी राई का अनुसार, ‘फियोन’ ले मेकअप, नेल आर्ट, ल्यासेस एक्सटेन्सन तथा म्यानिक्योर–पेडिक्योरसम्बन्धी व्यावसायिक तालिमका साथै ग्राहक सेवा पनि प्रदान गर्नेछ। “आफूले सिकेको सिप नेपालमै प्रयोग गरेर केही गरौं भन्ने सोचबाट यो एकेडेमी सुरु गरेका हौं,” उनले भनिन्।

एकेडेमीमा छिट्टै कक्षा सञ्चालन हुने र हाल उद्घाटन अवसरमा ४० प्रतिशत छुट सहित एक महिनाभित्र बुकिङ गर्नेहरूका लागि केही प्रोडक्ट निःशुल्क उपलब्ध गराइने जानकारी पनि सञ्चालक पक्षले दिएको छ।

धरानमा पछिल्लो समय सौन्दर्य तथा स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै यस क्षेत्रमा राम्रो व्यावसायिक सम्भावना रहेको उप–मेयर बेघाको बुझाइ छ। उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तस्बिरहरु हेर्नुस

3 5 7 6 4 1 8

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved