विराटनगर / कोरोना संक्रमितको उपचार गर्न प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले व्यवस्थापन गरिरहेको कोशी कोभिड १९ उपचार केन्द्रको अवस्था टिठ लाग्दो देखिएको छ । विश्व स्वास्थ्य संगठनले संक्रमितको व्यक्तिगत र ‘आइसोलेटेड’ गरिने स्थलको व्यवस्थापनको विषयमा विशेष ख्याल गरिनु पर्ने मापदण्ड नै तोकेको छ । तर, विराटनगरमा अवस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा भने फोहोरको डंगुर थुप्रदासमेत सरसफाईमा ध्यान नदिइने गरेको संक्रमितले नै गुनासो गरेका छन् । अस्पतालमा आईतबारसम्म १८ जना संक्रमित रहेकोमा सोमबार ६ महिला र १२ पुरुषसहित २० जना थप भएका छन् । कोशीमा उपचाररत एक जना संक्रमितका अनुसार
धरान - वराहक्षेत्रको सीमामा रहेको सर्दू खोला गाउ पसेपछि स्थानीय त्रसित भएका छन् । गाउ जलमय भएको छ भने घरभित्रै खोला पस्दा आहाल बनेको छ । वराहक्षेत्र नगरपालिकाका वडा नं. ३ स्थित नडाहा, इक्राइलगायतका गाउमा सर्दू खोला पसेपछि गाउले घरभित्रको पानी फ्याक्दै गरेका देखिन्छन् । गएको केही दिनदेखिको निरन्तर वर्षापछि स्थानीय खहरे खोलामा पानीको सतह बढेको छ । सर्दू खोला नियन्त्रणमा सरोकारवाला संवेदनशील नहुदा वराहक्षेत्र ३ नडाहाका स्थानीयका घरघरमा खहरे पसेको वंशीधर खड्काले आरोप लगाए । उनी भन्छन्, दशकौं अघिदेखि हामीले सर्दू खोलाको वितण्डाका बारेमा जनप्रतिनिधि, राजनीतिक दल सबैसग हारगुहार गरेका छौं,
सुनसरी / लकडाउनको कारण सञ्चारक्षेत्र प्रभावित भएको कारण नेपाल पत्रकार महासंघको सदस्यता शुल्क छुट गर्न प्रेस संगठन नेपाल सुनसरीले माग गरेको छ । संगठनले मंगलबार प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यता शुल्क र पुरानोको नवीकरण शुल्क छुट गर्न माग गरेको हो । कोभिड १९ को महामारीका कारण सञ्चार क्षेत्र प्रभावित हुँदा पत्रकारहरुले तलब सुबिधा समेत नपाएको अवस्थामा महासंघ सदस्यता नवीकरण र नयाँ सदस्यता शुल्क छुट गर्न माग गरेको हो । विभिन्न सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरु आर्थिक संकटमा रहेको उल्लेख गर्दै निःशुल्क सदस्यताको सुरुवात सुनसरीबाट गर्न माग गरिएको छ । संयोजक श्रीशीसा राई र सहसंयोजक
धरान । बालबालिकामा लाग्ने रोगको निराकरणका लागि पाठ्यसामग्री मार्फत जनचेतना फैलाउन बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंह द्वारा लिखित “बालबालिकाको डाक्टर साथी” पुस्तक बिमोचन गरिएको छ । पत्रकार देबेन्द्र कार्कीले सम्पादन गरेको पुस्तकको कार्यक्रमका प्रमुख अतिथी बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती प्रा.डा.ज्ञानेन्द्र गिरि, भाषाबिद प्रा.डा. टङ्क न्यौपाने, प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर साह लगाएतले औपचारिक रुपमा बिमोचन गरेका थिए । पुस्तकमा बालबालिकामा लाग्ने रोगहरु बारे पुर्ण जानकारी दिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ स्वयंसेबिकाहरुले पनि पढ्न र अरुलाइ बुझा
इलाम / इलामको सन्दकपुर गाँउपालिका ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कामको धमाधम भईरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम भईरहेका हो । केही समय अगाडी जमुनाका फुटबल खेलप्रेमी, बौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा चन्द्रपाल थेबे ढापपोखरीका नजिकै स्थानीय समाजसेवी तोयानाथ भट्टराई सँग १५ लाखमा १८ रोपनि जग्गा किनेको र बाँकि भट्टराईले निशुल्क जग्गा दान गरेपछि २५ पुगेको र रंगशाला बन्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप काम थालिएको गजाधर धनमाया रंगशाला उपभोक्ता समितिका अध्यक्ष उमेश गुरुङले बताए । जसमा अहिले
धनकुटा / प्रदेश नम्बर १ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धनकुटामा कोरोना भाइरसको कारण मारमा परेका किसानहरुलाई एक करोड ५३ लाख ७१ हजार ४ सय ५१ रुपैयाँ राहत वितरण गरेको छ । कोरोना भाइरसको कारणले सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका धनकुटाका ८४ वटा कृषि फर्म तथा समुहमा आवद्ध किसानलाई राहत वितरण गरेको हो । प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटा मार्फत तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम शिर्षकमा सञ्चालित ३० वटा कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम वितरण गरेको हो । त्यस्तै भेटेरीनरी अस्पताल त
विराटनगर । विराटनगर बजारमा मास्क नलगाई व्यापार गर्न बसेका व्यापारी र सडकमा भेटिएका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको छ । विराटन व्यापार संघ महिला उपसमितिको पहलमा बजारका व्यापारी तथा मास्क नलगाईं हिंडिरहेका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको हो । सोमबार महिला उपसमितिका सदस्यहरुले बजारमा कोभिड १९ को विषयमा सचेतना दिलाउँदै मास्क वितरण गरेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको र विराटनगरमा संक्रमितको संख्या समेत बढ्न शुरु भएपछि बजार क्षेत्रमा सावधानी अपनाउन अनि मास्क अनिवार्य रुपमा लगाउन महानगरले समेत अपिल गरेको छ । विराटनगरको पुरानो गुद्रीबजारमा हात धुने व्यवस्थाका लागि पानीटंकी
इलाम / सवारी नियम मिच्ने साधनलाई कारबाहिबाट संकलन हुने राजश्व आर्थिक ०७५/७६ को तुलनामा ०७६/७७ मा कम भएको छ । कोरोना र लकडाउनका कारण ०७६।७७मा राजश्व संकलनमा कमी भएको हो । आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७मा १ सय ८६ वटा बसब
इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न बीसै घण्टा लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइपुगिने बाटो बर्षायाममा दिन बित्छ । सदरमुकामबाट पाँचथरको राँकेसम्मको कच्ची सडक छिचोल्न अढाइ घण्टा लाग्ने गरेपनि अहिले त्यति नै सडकमै सवारी कुद्न लामो समय लाग्छ । सडक समस्या हुनुको कारण भने हिलाम्मे सडक र सडक स्तरोन्नतिका नाममा सोलिङ भत्काए हुन थालेका हुन् । लामो समय लकडाउनका कारण यातायात सञ्चालन नभएर आवतजावतमा समस्या भोगिरहेका फाकफोकथुमका सर्वसाधारण लकडाउन खुलेसँगै यातायात सञ्चालन हुनेमा आशाबादी थिए । लकडाउनका कारण घरमै रहेका फाकफोकथुमबासी अहिले लकडाउन खुल्दा त्
धरान । वातावरण संरक्षणका लागि रोटरी क्लब अफ धरान घोपाले आइतबार १ सय ५० वटा विरुवाहरु वृक्षारोपण गरेको छ । “वातावरण सरंक्षण, हामी गरौं वृक्षारोपण” भन्ने नारा सहित रोटरी क्लब अफ धरान घोपाले वृक्षारोपण कार्यक्रम गरेको हो । धरान–१५ स्थित शवदाह स्थल नजिकैको बमधारा परिसरमा मलेसियन साल, टिक, गोल्डमोहर, जामुन, अमला, पारिजात र बेल गरि करिब १ सय ५० वटा विरुवाहरु रोपिएको छ । रोटरी क्लबले वातावरण संरक्षणका क्षेत्रमा हरेक वर्ष वृक्षारोपण गर्ने गरेको र रोपि सकेका विरुवाहरुलाई गोडमेल समेत गर्ने क्लबका अध्यक्ष राजेश अग्रवालले बताए । रोट्रयाक्ट क्लब अफ धरान घोपा र इन्ट्रयाक्ट क्लब अफ धरान घो