सर्दू खोला गाउं पस्दा स्थानीयको बेहाल

  • साउन १३, २०७७
  • "हिमाल राई/ चतरा "
alt

धरान - वराहक्षेत्रको सीमामा रहेको सर्दू खोला गाउ पसेपछि स्थानीय त्रसित भएका छन् । गाउ जलमय भएको छ भने घरभित्रै खोला पस्दा आहाल बनेको छ ।

वराहक्षेत्र नगरपालिकाका वडा नं. ३ स्थित नडाहा, इक्राइलगायतका गाउमा सर्दू खोला पसेपछि गाउले घरभित्रको पानी फ्याक्दै गरेका देखिन्छन् । गएको केही दिनदेखिको निरन्तर वर्षापछि स्थानीय खहरे खोलामा पानीको सतह बढेको छ ।

sardupasyo1

 

सर्दू खोला नियन्त्रणमा सरोकारवाला संवेदनशील नहुदा वराहक्षेत्र ३ नडाहाका स्थानीयका घरघरमा खहरे पसेको वंशीधर खड्काले आरोप लगाए । उनी भन्छन्, दशकौं अघिदेखि हामीले सर्दू खोलाको वितण्डाका बारेमा जनप्रतिनिधि, राजनीतिक दल सबैसग हारगुहार गरेका छौं, तर उनीहरुले ध्यान नदिंदा वर्षेनी गाउमा खोला पस्ने गरेको छ ।

sardupasyo2

नडाहा चोकमा बाढी पसेपछि स्थानीयवासी त्रसित भएको र रातभर जागै बस्नु परेको स्थानीयवासीले बताएका छन् ।

वराहक्षेत्र ३ नडाहाका इन्द्र लिम्बूले बाढीले विजोग बनाएको भन्दै दुखेसो गरे । बाढीले धानखेतीमा समेत हिलो र बालुवा थुपारिदिएको स्थानीयको भनाइ छ । वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत वडाध्यक्ष रुद्रबहादुर दाहालसहितको टोलीले सर्दूको वितण्डाको अनुगमन गरेका छन् ।

sardupasyo3

 

वडाध्यक्ष दाहालका अनुसार सर्दूको पानी पसेर स्थानीयको धनमालको क्षति भएको छ । सर्दू खोलाले भरौललाई जोखिमको अवस्थामा पुर्याएको वडाध्यक्ष दाहालको भनाइ छ ।

पटनाली खोला कटानले पुल जोखिममा
धरान वराहक्षेत्र जोड्ने पटनाली खोलामा लगाइएको दुवै वटा पुल जोखिमको अवस्थामा पुगेको छ । खोलाले दायाबाया किनारा कटान गर्दा पक्की पुल नै जोखिमको अवस्थामा पुगेको वडाध्यक्ष रुद्र दाहालले जानकारी दिए ।

 

हैटे खोलामा अस्थायी तटबन्ध
वराहक्षेत्र ५ स्थित हैटे खोलामा आएको बाढीले बाध भत्काएको छ । बाध भत्काएपछि स्थानीय क्षेत्र बाढीको चपेटामा परेको छ । बाढीले क्षति गर्ने भएपछि नेपाली सेना र सशस्त्र प्रहरीले हैटे खोलामा अस्थायी तटबन्धको काम सुरु गरेको छ ।

gahane1

 

गहने खोलाले ह्युमपाइप बगायो
वराहक्षेत्र २ स्थित गहने खोलामा आएको बाढीले ह्युमपाइप बगाएको छ । वराहक्षेत्र २ स्थित जब्दी र वडा नं. ७ जोड्ने खोलाको ह्युम पाइप बगाउदा आवतजावतमा समस्या आएको छ ।

यता गहने खोलाले हालै निर्माण भएको पुलमा समेत कटान गरेको छ । बाढीले कटान गरेपछि पुल जोखिममा परेको छ । उक्त पुल निर्माण तत्काल गर्न स्थानीयले माग गरेका छन् ।

gahane2

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved