बराहक्षेत्रको साकेला पार्क निर्माण तथा व्यवस्थापन समितिमा दिनेश राईको नेतृत्व

  • साउन ३, २०७७
  • "हिमाल राई"
alt

चतरा /  बराहक्षेत्र स्थित किरात राईहरूको पवित्र धार्मिक स्थल साकेला थान (पार्क) को निर्माण तथा व्यस्थापन समितिको दोश्रो कार्यकालका लागि दिनेश काम्दुङ राईको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ ।

समितिका निवर्तमान अध्यक्ष मनजित राईले पहिलो कार्यकाल समितिको विधिवत रूपमा समिति भंग भएको घोषणा गरेका थिए । समितिमा उपाध्यक्ष सुवधन राई, सचिव विश्व थुलुङ राई, सहसचिव पुष्पा राई, कोषाध्यक्ष जानुका राई चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा जितेन्द्र राई, शान्ता राई रहेका छन भने दुई सदस्य पछि मनोनित गरिने भएको छ ।

वराहक्षेत्र ऐतिहासिक पुरातात्वीक रूपमा किरात समुदायहरूको पवित्र धार्मिक स्थलको रूपमा जोडिएको क्षेत्र हो । यस क्षेत्र धार्मिक पर्टकहरूको आकर्षक स्थलको रूपमा साकेला थान (पार्क) लाई साँस्कृतिक संग्रहालयका रूपमा आधुनिकीकरण गर्ने समितिको मुख्य उद्देश्य रहेको छ ।

शनिबार भएको कार्यक्रममा किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति वराहक्षेत्र १ र २ का अध्यक्ष लालकुमार राई, सचिव सर्वन कुमार राई, संस्थापक एवम् पूर्व जिल्ला सदस्य मनजित राई, किरात राई पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष भीषण राई, वराहक्षेत्र नगरकमिटि सदस्य जितेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

dinesh rai

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved