तरकारी कुहिन थालेपछि वराहक्षेत्रस्थित ढोलबजियाका कृषक निराश वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन्

  • बैशाख १७, २०७७
  • अच्युत भट्टराई
alt तस्बिरहरुः प्रदीप चौधरी

वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन् । कोबिड १९ संक्रमण प्रकोपका कारण देश २०७६ चैत ११ बाट बन्दाबन्दी भएपछि बारीमा फलेको तरकारी बजार जान छाडेको हो ।

वैदेशिक रोजगारीबाट फर्किएका ३ युवाले ढोलबजियास्थित संचालन गरेको सुन्दर कृषि फर्ममा अहिले जताततै तरकारी कुहिएको देखिन्छ ।

barima-trakari-1

‘हाम्रो दैनिक ५ सय केजी काँक्रा र सोही अनुसारको अन्य तरकारी उत्पादन हुन्छ, लकडाउनका कारण गाउँ बाहिर तरकारी जाने अवस्था छैन, यहाँ सबैले खेती गरेकै छन् बिक्री हुने कुरै भएन, त्यसैले यो पटक हामी ८ लाख सम्मको घाटा ब्यहोर्दै छौं ।’ फर्मका सञ्चालक अमिर निरौलाले भने । फर्ममा अहिले काँक्रा, करेला बोडी, खुर्सानी, टमाटर, आलुजस्ता खेती लगाइए पनि बिक्री हुन सकेन ।

‘तरकारी बारीमा कुहिएको खबर नगरपालिकाले पाएपछि हाम्रो बिक्री वितरणका लागि कृषि बजार स्थापना गर्ने काम पनि गर्यो, बिक्री गर्न जानका लागि पास पनि दियो तर सामाजिक दूरी कायम हुन नसक्दा र जनताले नै विभिन्न गाउँ टोलमा प्रवेश निषेध गर्नाले हामी ब्याक भयौँ, यो वर्षलाइै हाम्रो मनोबल पनि गिरेको छ, हामीले तरकारीको स्याहार उपचार गरेका छैनौं ।’ अमिरले भने ।

barima-trakari-2

यो ठाउँ कृषिका लागि अब्बल मानिन्छ । उत्पादन राम्रो भएकाले नै यहाँका मानिस व्यावसायिक कृषितर्फ आकर्षित छन् । वर्षौ पहिलेबाट तरकारी खेती गर्दै आए पनि यो वर्षबाट भने यहाँका कृषकलाई गतवर्ष नगरपालिकाले सञ्चालन गरेको आईपीएम कृषि पाठशालाले उर्जा थपेको थियो ।

चार महिनासम्म तरकारीको बेर्ना राख्दादेखि फल फलाउनसम्म नगरपालिकाले तालिम दियो त्यसैको फलस्वरुप अहिले धेरैले तरकारी खेती लगाएका थिए ।

barima-trakari-3

सुन्दर कृषि फर्मका सञ्चालक निरौला भन्छन् ‘हामी सञ्चालक त त्यसै घाटामा छौं तर हामी सँग काम गरिरहेका कर्मचारीका बारेमा पनि हामीले सोच्नु पर्छ, उहाँहरू अहिले आफैं अवस्था बुझेर आउन छोड्नु भयो र पनि हामी गम्भीर छौं, उहाँहरुको रोजीरोटीमा पनि हामीले ध्यान दिनु पर्छ ।’

सुन्दर कृषि फर्म ३ जना साझेदारले सञ्चालन गरेका छन् । अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरी तीनै जना बैदेशिक रोजगारीबाट फर्केका युवा हुन् ।

barima-trakari-4

त्यस्तै गोपाल मण्डलको बारीमा पनि तरकारी कुहिने क्रम जारी छ । ऋण गरेर लगाएको तरकारी खेती बिक्री हुन छाडेपछि अहिले उनले एक लाखको नोक्सानी ब्यहोरी सकेका छन् । उनले ४ कठ्ठामा काँक्रा, खोर्सानी, करेला, साग खेती गरेका हुन । ‘मुख्य आयश्रोत तरकारी खेती नै भएको हुँदा अहिले आम्दानीको बाटो नै बन्द भयो, घरपरिवार चलाउनै मुस्किल छ ।’ मण्डलले दुखेसो पोखे ।

barima-trakari-5 barima-trakari-6 barima-trakari-7 barima-trakari-8

तस्बिरहरुः प्रदीप चौधरी

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved