पत्रकारको नवीकरण तथा नयाँ सदस्यता शुल्क छुट गर्न प्रेस संगठनको माग

  • साउन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 सुनसरी /  लकडाउनको कारण सञ्चारक्षेत्र प्रभावित भएको कारण नेपाल पत्रकार महासंघको सदस्यता शुल्क छुट गर्न प्रेस संगठन नेपाल सुनसरीले माग गरेको छ । संगठनले मंगलबार प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यता शुल्क र पुरानोको नवीकरण शुल्क छुट गर्न माग गरेको हो ।

कोभिड १९ को महामारीका कारण सञ्चार क्षेत्र प्रभावित हुँदा पत्रकारहरुले तलब सुबिधा समेत नपाएको अवस्थामा महासंघ सदस्यता नवीकरण र नयाँ सदस्यता शुल्क छुट गर्न माग गरेको हो । विभिन्न सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरु आर्थिक संकटमा रहेको उल्लेख गर्दै निःशुल्क सदस्यताको सुरुवात सुनसरीबाट गर्न माग गरिएको छ । संयोजक श्रीशीसा राई र सहसंयोजक शेखर ढकालद्वारा संयुक्त हस्ताक्षरीत विज्ञप्तीमा श्रमजिवी पत्रकारहरुलाई दैनिक जीवन सहज हुनेगरी विशेष पत्रकारिता राहत प्याकेज–०७७ घोषणाको लागि पहल गर्नसमेत माग गरिएको छ ।

बिज्ञप्तिमा लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तरिकाले वितरण गर्न, महामारीका कारण निष्कासित एवं सेवासुविधा कटौतिमा परेका श्रमजीविहरुको पुर्नवहाली गर्नसमेत माग गरिएको छ । सुनसरीबाट प्रकाशित हुँदै आएका १० वटा दैनिक, २७ वटा साप्ताहिक, १८ वटा एफएम, ४ वटा टेलिभिजन र २५ वटा अनलाईन न्युज पोर्टल सन्चालन मा रहेका छन् ।

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved