धरान /आजबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ । सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अ
धरान । लकडाउनका कारण विपन्न परिवारलाई हातमुख जोर्न नै समस्या परिरहेका बेला जाति भेद विरुद्ध विश्व मंचले खाद्यान्न वितरण गरेको छ । मंचले उदयपुर त्रियुगानगरपालिकाको वडा नम्बर ९ मा रहेका मुसहर बस्तीमा राहत वितरण गरेको हो । त्रियुगा नगरपालिका र दलित अधिकार सञ्जालको समन्वयमा मुसहरबस्तीका १ सय १० घर परिवारलाई राहत वितरण गरिएको हो । करिब १ साता सम्म पुग्ने गरि मंचले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरेको हो । राहत वितरण कार्यक्रममा उदयपुरका जिल्ला विकास समितिका संयोजक खडक बहादुर परियार, बडा नम्बर ९ का बडाध्यक्ष धन बहादुर दनुबार, ग्लोबल फोरमका स्थानीय प्रतिनिधि तथा दलित अधिकार सन्जालका स
धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि सरकारले लकडाउन थप १० दिन लम्बाउने निर्णय गरे सँगै विकास निर्माणका काम र उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले जेठ ५ गते सम्म लकडाउन लम्बाउने निर्णय गरे सँगै एक स्थानमा एक पटकमा १० जना नबढ्ने गरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइनेछ । यसरी काम गर्दा दैनिक स्वास्थ्यजाँच गर
वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नगरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन् । वराहक्षेत्र– १० स्थित प्रकाशपुरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई ओरेक नेपाल सुनसरीले नगरको एकद्वार प्रणालीमार्फत प्रदान गरेको राहत खाद्यान्न नगर प्रमुख खनालले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले जानकारी दिए । वराहक्षेत्र नगरपालिका र ओरेक नेपाल सुनसरीको समन्वयमा नगरका सबै वडाका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत उपलब्ध गराइने ओरेक प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् । वराहक्षेत्र नगरपालिकाको ११ वटा वडामा ३ महिनासम्मका १२५ जना सुत्
धरान पर्साको वीरगन्जमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको र संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । नेपालमा देखिएका ९९ संक्रमितहरु मध्ये ७१ जना पुरुष र २८जना महिला छन् । संक्रमित ९९ मध्ये २२ जना उपचार पछि निको भएर अस्पतालबाट फर्किएका छन् । बुधबार बिहान मात्र कोर
किरातीहरुको महान पर्व साकेला उभौलीको अवसरमा प्रत्येक वर्ष साकेला सिलि प्रतियोगिताको आयोजना हुने गरेको थियो तर यस वर्ष भने कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष प्रतियोगिता नहुने भएको छ । वर्षेनी किरात राई योयोख्खा सुनसरीको आयोजनामा साकेला पर्कमा प्रारम्भिक कार्यसमिती स्तरिय साकेला सिलि प्रतियोगिता हुने गरेको थियो तर यस वर्ष लकडाउनका कारण प्रतियोगिता सहित साकेला नाच समेत प्रभावित भएको छ । किरात राई यायोक्खा सुनसरीले विज्ञप्ती जारी गर्दै यलम्बर सम्बद ५०८० को अवसरमा भोली वैशाख २५ गते देखी सुरू हुने यस वर्षको पुजा आआफ्नो स्थानमा मनाउनका लागी समेत अनुरोध गरिएको छ भने सोकला सिलि प्
धरान/ सरकारले लकडाउन १० दिन थप गरि जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन लम्ब्याएको हो। सरकारले यसअघि थपेका लकडाउन बैशाख २५ बिहीबारबाट सकिँदै थियो । चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।
कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । उनीहरु अस्पतालमा भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ । रिर्पोट नेगेटिभ आएकोले सबैलाई बुधबार नै डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यबहाक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्रले बताएकी छन् । उनीहरु सबै अब विराटनगर रानीको एउटा मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन् । त्यहाँ १० वटा वेडरुम र १० वटा शौचालय भएको कोठा तयार गरिएको छ । उदयपुरको भुल्केस्थित म
सीमा जोडिएको छिमेकी देश भारतमा लकडाउनको अवधि लम्ब्याइएकाले नेपालमा पनि लकडाउनले निरन्तरता पाउने भएको छ । कोरोनाभाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउन फेरि थपिने भएको हो । पछिल्लो पटक वैशाख २५ गतेसम्मको लागि घोषणा गरिएको लकडाउन फेरि थप्न लागिएको हो । आज (बुधबार) बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउ कति दिन थप्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ । अहिले नेपालमा लकडाउन खोल्दा भारतबाट नेपला प्रवेश हुनसक्ने भएकाले पनि लकडाउनको अवधि थप्नुको विकल्प नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताए । हिजो मंगलबार बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण
प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ ह