सचिवले नदिएपछि तीन जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट वंचित

  • भदौ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम  इलामको माङसेबुङ गाउँपालिकाका ३ जेष्ठ नागरिक सामाजिक सुरक्षाको अधिकारबाट वंचित भएका छन् । वडा नम्बर २ सुमसाजुमका जेष्ठ नागरिक हरिप्रसाद श्रेष्ठ, हरिप्रसादकी पत्नी पुर्णमाया श्रेष्ठ र अर्का जयमंगल श्रेष्ठले आर्थिक वर्ष २०७६।०७७ को दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

उनीहरुले कानुन बमोजिम लगत कट्टा भएर भत्ता नपाएका भने होइनन्, वडा सचिवले नै भर्पाई गरेर बुझिलिएको भएपनि सचिवले आफूहरुलाई भत्ता रकम नदिएको उनीहरुको गुनासो छ । दोस्रो चौमासिकको ३ जनाको १२ हजार रुपैयाँका दरले ३६ हजार रुपैयाँ तत्कालिन वडा सचिव सुलभ दहाले बुझेर आफैंले खर्च गरेको पाइएको छ ।

सचिव दहालले आफैंले भर्पाई गरेर बुझेको रकम सम्बन्धित जेष्ठ नागरिकको संरक्षकले पटकपटक माग गर्दा समेत दिएका छैनन् । ‘म तीन पटक आफ्नो बाबु आमाको भत्ता लिन सचिवज्यूकहाँ गएँ । तर उहाँले दिनुभएन, दुःख मात्र दिनुभयो’ हरिप्रसाद र पूर्णमायाका छोरा धनप्रसाद श्रेष्ठले भने, ‘सुरुसुरुमा त फोन गर्दा एकदुई दिनमा दिन्छु भन्नुहुन्थ्यो । आजकल त फोन नै उठाउन छाड्नुभयो ।’

यता वडा अध्यक्ष पुष्पराज कार्कीले ३ जनाकै सामाजिक सुरक्षा भत्ता वडा सचिवले बुझिलिएको र सचिवसँगै भएकाले उपलब्ध गराइदिन आफूले पटकपटक ताकेता गरेको बताए । तर वडा अध्यक्षको ताकेता समेत वेवास्ता गर्दै तत्कालिन वडा सचिव दहालले पीडितलाई रकम उपलब्ध गराएका छैनन् । दहाल अहिले २ नम्बर वडामा छैनन् । उनी हाल ३ नम्बर वडामा कार्यरत छन् ।

यस विषयमा जिज्ञासा राख्दा तत्कालिन वडा सचिव दहालले आफूले भर्पाई गरेर बुझिलिएको स्वीकार गर्दै तत्काल आफूसँग नगद नभएकाले केही दिनमा उपलब्ध गराईदिने प्रतिवद्धता जनाए ।

त्यसो त पीडित तिनै जना जेष्ठ नागरिकले तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता भने पाएका छन् । अघिल्लो चौमासिकको भत्ता रकम दोश्रो वा तेश्रो चौमासिकमा प्राप्त गर्न सकिने कानुनी व्यवस्था भएको भएपनि उनीहरुले तेस्रो चौमासिकको भत्ता मात्र पाएका हुन् । अघिल्लो चौमासिकमा सो रकम फिर्ता भएको भए पछिल्लो चौमासिकमा दुवै चौमासिकको रकम निकासा हुने हो ।

तर अघिल्लो चौमासिकको रकम वडा सचिवले नै बुझेको हुनाले अभिलेखमा स्वतः रकम बुझेको देखिएको हुनाले पछिल्लो चौमासिकमा एक चौमासिकको रकम मात्र आएको हो । तेस्रो चौमासिकको रकम बैंकिङ प्रणालीमार्फत वितरण गरेका हुनाले प्रक्रिया पुगेका सबैले सामाजिक सुरक्षा भत्ता पाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार माङसेबुङ गाउँपालिका २ मा २ सय ८१ जना सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन् ।

ऐनमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति बसाइँ सरी अन्यत्र गएमा, असहाय एकल महिलाले विवाह गरेमा, ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा, मृत्यु भएमा, तोकिए बमोजिमका अन्य अवस्थामा मात्र भत्ता कटौती हुने व्यवस्था छ ।

 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved