। बराहक्षेत्र, १६ भदौ । सुनसरीको बराहक्षेत्र नपा वार्ड नम्बर ५ एकता टाेल निवासी मृगौला पीडित निरोज अधिकारी बचाउ अभियानमा सहयोग रकम आउने क्रमको तिव्रता यथावतै रहेको छ । जापानमा बस्दै नेपालीहरुले संकलन गरेको रकम हिजो १५ गते सोमवारको दिन १ लाख १७ हजार ८० रुपैया रकम हस्तान्तरण गरिएको छ । कन्चनपुर वार्ड नम्बर १६ बस्नतपुरका हाल जापानमा कार्यरत मनोज कटुवाल र बराहक्षेत्र ५ एकता टाेल निवासी सरस्वती वस्नेतको नेतृत्वमा संकलन रकम आमा गंगा वस्नेतकाे नाममा विदेश बाट पठाएको फेसबुक म्यासेनजरमा वस्नेतले बताएकी छिन ।
साेही रकम मृगौला पिडित अधिकारीकाे घरमा गइ हस्तान्तरण गरिएको अभियानमा सहयोग पुर्याइरहेका कृष्ण ढकालले जानकारी दिएका छन् । हामी सग समय छैन कामकाे चाप छ जापानमा तर यस्तो दुखकाे कुरा सुने सके पछि मन थाम्न सकिन र श्रीमान मनाेज कट्वाल र साथीहरू संग आर्थिक सहयोग गर्न सल्लाह भए छी हामी फाेन बाटै आफ्नो मातहतमा रहेको साथीहरू सग रकम उठाएकाे अभियान कर्ता वस्नेतले फाेन कलमा बताएकि छिन ।
दाइकाे सिघ्र स्वास्थ्यकाे कामाना गर्दै मलाई विसवास गरेर जापानमा बस्नु हुने नेपालीहरु प्रति हार्दिक नमन याे मिडिया मार्फत गर्द छु । यदि आवस्यकता परे फेरि पनि हामीले आर्थिक सहयोग गर्न तयारी रहेको वस्नेतले बताएकी छिन । गत साउन १ गतेबाट बिरामी परेका अधिकारीको दुईवटै मृगौला फेल भएका कारण सहयोगी मन तथा युवाहरुको निरोजको उपचारका लागि देश बिदेश बाट सहयोग जुटाउने काम भैरहेको छ । “हाम्रो अवस्थालाई बुझेर सहयोग गर्नुहुने सहयोगीहरु प्रती ऋणी छौँ ।
घरको गार्जन बिरामीले यदी समयमा उपचार गर्न सकिएन भने हामी हुने श्रीमती रंजिता लम्साल अधिकारीले रकम बुझेपछि दुखेसो पोखिन । साथै आफ्नो श्रीमानको लागि आफू एउटा मृगौला दिन तयार रहेको पनि बताइन् ।” यता दाताहरुले भने निरोजको उपचारमा ढिलाई र हेलचेक्राई नगर्न सुझाव दिएका छन् । उनीहरुले सम्बन्धित सबैमा उपचारका लागि ढिला सुस्ती नगर्न समेत भनेका छन् ।
यता परिवारले भने लकडाउनको कारण भने जस्तो छिटो र छरितो तरिकाले निरोजको उपचार गर्न नसकेको बताए , साथै हालसम्म २ लाख २० हजार खर्च भएको पारिवारिक श्रोतले जनाएका छन् । भने अहिलेसम्म ११ लाख भन्दा बढि रकम उठि सकेको परिवार स्राेतले जानकारी दिएकाे छ । डक्टरकाे भनाइ अनुसार उपचार गर्न जम्मा २० लाख भन्दा बढि लाग्ने भएकोले हामीलाई थप १० लाख जति रकमकाे आवस्यकता रहेको छ ।
सहयोग गर्न चाहनेहरुले सहयोगका लागि बैक खाता न . श्रीमति रन्जिता लम्साल र अभियान कर्ता सृजना लामिछानेको नाममा रहेको प्रभु बैंकको खाता न .1870152290600016, बुवा केशब अधिकारी र अभियान कर्ता लक्ष्मी रेग्मीको नाममा रहेको प्रभु बैकको खाता न 19870138260300016 वा सम्पर्क नम्बर केशब अधिकारी ( बुवा ) 9810444834 र रन्जिता लम्साल 9813037723 मा सम्पर्क गर्न सकिने अभियान्ता सृजना लामिछानेले बताएकी छिन ।