समाज

    Showing 6,661-6,670 of 6,734 items.
  • जनकपुरका २ संक्रमित मध्ये एकजना पत्रकार भएको खुलसा

    धनुषा नेपालमा जनकपुरधामका थप अर्का १जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालका अनुसार ४० वर्षीय पत्रकारमा संक्रमण पुष्टि भएको हो । पत्रकार सँगै जनकपुरमा अर्का एकजनालाई पनि संक्रमण पुष्टि भएको छ । दुवै संक्रमितहरुलाई अहिले प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। स्रोतका अनुसार संक्रमित पत्रकार मुटुको बिरामी भएको खुलेको छ । यसअघि मंगलबारमात्रै वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।  

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 952 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लक डाउनकै बीच लायन्स क्लबको रक्तदान

     कोरोना भाइरस कोभिड –१९ को संक्रमणको अवस्थामा सम्भावित रगत अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरे नपाको वडा नं। ५ स्थित भोटेघुम्तीमा हिजो सोमबार रक्तदान कार्यक्रम भव्य सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी तथा लायन्स र लियो क्लब अफ पथरी योङ हार्टको संयुक्त आयोजना तथा रेडक्रस नेपाल विराटनगरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोरोना भाइरसको संक्रमण बढेसँगै विश्व मानव आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना हुन सक्ने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 988 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा पहिलो पटक २ जना पत्रकारमा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा २ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्सामा २ सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो । पर्सामा ३९ कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेपालमा पत्रकारमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।स्रोतका अनुसार संक्रमित मध्ये एकजना नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का अनलाइनखबरकर्मी रहेको जनाइएको छ । संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्ला भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,401 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भुमि अतिक्रमण विरुद्ध प्रर्दशनमा प्रहरीको हस्तक्षेप

    धरान । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा निस्कीएको विद्यार्थीको समुहलाई इलाका प्रहरी कार्यालय धरानले हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गरेको छ । धरानको महेन्द्र बहुमुखि क्याम्पसबाट निस्कीएको नेविसंघको जुलुसलाई प्रहरी धरानको भानुचौंकमा हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । नाराजुलुस सहित भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघका जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,321 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय सुरक्षाकर्मीले १५ जना नेपालीलाई सुटुक्क छिराए नेपालतर्फ

    विराटनगर । भारतको दिल्ली र बिहारबाट भोकै प्यासै नेपाल–भारत सीमाको जोगबनीसम्म आईपुगेका १५ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सुटुक्क विराटनगरतर्फ छिराई दिएका छन् । विराटनगर–जोगबनी नाकाबाट मानिसहरुको आउजाउ बन्द भएपनि यसरी आएका मानिसलाई क्वारेन्टाइनमा राख्नुको साटो भारतीय क्षेत्रको सीमामा खटिएका सुरक्षाकर्मीले नेपालतर्फ छिराई दिएका हुन । यसरी विराटनगर आउनेमा झापा, मोरङ र सुनसरीका युवा छन् । सोमबार राति आफूहरुलाई भारतीय सुरक्षाकर्मीले सिमापार नेपालतर्फ पठाई दिएको उनीहरुले बताएका छन् । यसरी आउनेमा सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरी उपमहानगरका दुई जना, इनरुवा नपा र धरान उपमहान

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,441 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ५७ मा कोरोना पुष्टि, संक्रमित संख्या १९१ पुग्यो

    धरान । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा मंगलबार थप ५७ जनामा कोरोना पुष्टि भएको हो । पर्सामा ३९ जना, रुपन्देहीमा ९ जना, कपिलवस्तुमा ८ र बारामा १ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या १९१ पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,413 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन खुकुलो भए सँगै नेपाल प्रवेश गर्न सिमामा भिड

     नेपालमा लकडाउनलाई केही खुकुलो बनाए पछि भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको भिड लाग्न थालेको छ । भारतीय सिमानाबाट नेपाल प्रवेश गर्न चाहने नेपालीहरुको भिड बढे सँगै सिमानामा नेपालीहरु अलपत्र परेका छन् । नेपाल भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली सिमानाकामा भेला भएको पाइएको छ । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरण अनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना अलपत्र अवश्थामा रहेका छन् भने अन्यलाई भारतीय र नेपाली सिमा क्षेत्रको क्वारेन्टाइनमा राखिएको छ । भारत सरकारले लकडाउन खुकुलो गरेसँगै १९ वैशाखबाट विभिन्न राज्यमा अलपत्र मजदुर, विद्यार

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,369 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता धरान "
  • बजेटबारे नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको २७ बुँदे सुझाव

    धरान । आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रमबारे संसद र विभिन्न पक्षबीच छलफल चलिरहेको बेला नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले २७ बुँदे सुझाव दिएको छ । बजेटको सिद्धान्त तथा प्राथकिमताबारे छलफल भइरहेको बेला महासंघले कोरोना भाइरस संक्रमण र लकडाउनको कारण पूर्वाधार विकास क्षेत्रमा परेका असरको चित्रणसहित सरकारलाई सुझाव दिएको हो । महासंघले पूर्वाधार, भौतिक तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङमार्फत सरकारलाई सुझावपत्र बुझाएको छ । महासंघका इन्चार्ज मुकुन्द न्यौपाने, सहइन्चार्ज श्रीराम ढकाल, अध्यक्ष लक्ष्मीदास मानन्धर, महासचिव भगीरथ सापकोटा र सचिवालय सदस्य लंकबहादुर केसी लगायतको प्रतिनिधि

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 1,142 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

    धरान– नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र कोरोना संक्रमितहरुको संख्या २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 922 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीका थप १ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२१ पुग्यो

    धरान /सप्तरीका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १२१ पुगेको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय युवकमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 927 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved