कोशी पत्र अनलाइन पोर्टलको समाचारको प्रभाव:- " वेवारिसे अलपत्र भवन वारेमा सम्वन्धित निकायको चासो"

  • भदौ ३०, २०७७
  • "हिमाल राई"
alt

वराहक्षेत्रको चतरास्थित बयरवन सामुदायिक वन क्षेत्र भित्र अवैध-अतिक्रमण गरी निर्माण गरिएको पक्की भवन निर्माण पक्षलाई सामुदायिक वनले ताकेता गरेको छ । सामुदायिक वन क्षेत्रभित्र अनाधिकृत रुपमा निर्माण गरिएको भवन वेवारिसे भएको कोशीपत्र दैनिकको अनलाइन पोर्टलमा प्रकाशित भएपछि वनले कसले, के को लागि, कुन सस्थाले, कुन प्रयोजनका लागि निर्माण गरेको हो ? सो को विवरण लिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा सरोकार वाला संघसस्था समूहलाई आवश्यक कागजातसहित सम्पर्क गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

वराह सब डिभिजन वन कार्यालय चतराले अवैध संरचना बारे सामुदायिक वन समक्ष विवरण माग गरेपछि सामुदायिक वनले सार्वजनिक सूचना जारी गरेको अध्यक्ष कर्णबहादुर खड्काले बताए । अघिल्लो कार्य समितिबाट सामुदायिक वनको बुझ -बुझारथ लिदा निर्मित भवनका बारेमा कुनै जानकारी नभएको अध्यक्ष खड्काले बताए ।

वनको ताकेताअनुसार समय भित्र सम्बन्धित ब्यक्ति वा सस्था सम्पर्कमा नआए वन ऐन अनुसार कार्वाही अगाडि बढाउने सार्वजनिक सुचनामा जारी गरेको छ । भवन निर्माण समिति बनाउदा मनोमानी अवैधानिक तरीकाले वनाएको र अहिले सम्म निर्माण समिति विगठन नगरी नियम कानुन मिचेर वसि रहेको आरोप स्थानीय वासिन्दाहरुले लगाएका छन।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved