धरान । असोज १ गते बिहीबार बाट लामो दुरीका सार्वजिनक सवारी चल्ने भएका छन् ।
यतायात व्यवसायि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच भएको वर्ता अनुसा भोली बिहीबार बाट लामो दुरीका सार्वजनिक सवारी चल्ने भएको हो ।
सरकारले स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि दिए भोलि विश्वर्का पुजाकै दिनबाट सेवा सञ्चालन गर्न यतायात व्यवसायीहरु तयार भएको बताएका छन् ।
मन्त्रालय र यतायात व्यवसायीहरु सग भएको छलफलमा स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ ।
बैठकमा सहभागि भौतिक पूर्वाधार तथा यतायात मन्त्री बसन्त कुमार नेम्वाङले सरकारले तोकेका मापदण्ड पालना गरेर सेवामा जान आग्रह गरेका छन् ।
यता सरकारले सोमबारको मन्त्री परिषद बैठक एक लाइनको सिटमा एक जना मात्रै यात्रु बस्ने गरी सेवा दिनुपर्ने शर्त सहति बाट ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ ।
बैठकमा सहभागी व्यवसायी तथा मजदुरहरुले सरकारलाई धन्यवाद दिँदै मापदण्डसहित कार्यविधि आए सेवा दिन सहज हुने बताएका छन् ।
रिंगब्याक टोन मार्फत बस चढ्दा कसरी सावधानी अपनाउने भनेर सन्देश दिइनुपर्ने उनीहरुले बताएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई भोलि विहान विश्वकर्मा पूजा गरेर सेवा सुरु गर्ने र भोलि सवारीधनी र मजदुरको लागि विशेष दिन भएकाले यस्तो अवसरमा सेवा थाल्न पाएको खुसी व्यक्त गरेका छन् ।