मोरङ । नेपाललाइ लोडसेडिङ मुक्त बनाएका कुलमान घिसिङ लाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती नगरेको भन्दै मोरङको बिराटचोकमा बिरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीले पुनः घिसिङ्लाइ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ती गर्न माग गरेका छन् ।
घिसिङको योग्यता र क्षमता हुँदाहुँदै पनि प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नदिइएको भन्दै सहभागीले सरकारको विरोध गरेका थिए । योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै प्लेकार्डसहित सरकारको विरोध गरेका थिए ।
घिसिङको ४ वर्षे कार्यकाल पुरा भएपछि उनी प्राधिकरणबाट विदा भइसकेका छन् । उनलाई थप एक कार्यकाल प्राधिकरणका नियुक्त गर्नुपर्ने आवाज चौतर्फी रुपमा उठिरहेको छ ।