बिपिका उपकुलपतिको सम्पर्कमा रहेका अन्य पदाधिकारीको रिपोर्ट नेगेटिभ

  • भदौ ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर र रजिस्ट्रार सहित अन्य कर्मचारीको स्वाब परिक्षण नेगेटिभ आएको छ ।
गत सोमबार प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अन्य पदाधिकारी र कर्मचारीहरुको स्वाब परीक्षण गरिएको थियो ।

उपकुलपतिको सम्पर्कमा आएका प्रतिष्ठानकै रेक्टर डा।गुरु खनाल, रजिष्ट्रार डा।मोहनचन्द्र रेग्मी, प्रवक्ता डा।निदेश सापकोटासहित कर्मचारी प्रशासनका उमेश कोइराला, दिव्यराज थापाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सबैको रिपोर्ट नेगेटिभ आए पनि पदाधिकारीहरु केही दिन भेटघाट भने बन्द गर्ने भएका छन् ।

प्रतिष्ठानका पदाधिकारी, कर्मचारीसँगै उपकुलपतिको चालक, गार्ड र सेक्रेटरीको पनि रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पताल निर्देशकले भने शुक्रबार मात्र परीक्षण गराउने भएका छन ।

उपकुलपतिसँग भेट भएको ५ दिन शुक्रबार पुग्ने भएकोले उनी अहिले होम क्वारेन्टिनमा नै बसेका छन् । संक्रमण पुष्टि भएको व्यक्तिसँग सम्पर्कमा आएकाहरुको ५ दिनपछि मात्र स्वाब परीक्षण गराउने गरिन्छ ।

शिवराज प्यानलको चुन ...

धरान । आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघ ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved