धरान / प्रदेश १ का थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै प्रदेश १ मा कोरोना संक्रमित संख्या ३९ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार धनकुटाका १ जना र बिराटनगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान स्थित वि. पी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा विराटनगरका ३६ ,वर्षीय पुरुष ,२९वर्षीय महिला र धनकुटाका ३४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्का एक संक्रमितको मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके नरैनापुर(५ का २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । यस बारे थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस बिर्फङमा जानकारी दिए ।संक्रमितको आइतबार बिहान मृत्यु भएको थियो । उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए।
काठमाडौं । प्रदेश २ मा दैनिक एक हजारको हाराहारीमा नेपाली भारतबाट स्वदेश फर्किन थालेका छन् । भारतसँग सीमा जोडिएका विभिन्न आठ जिल्लाका नाकाबाट उनीहरू स्वदेश फर्किन थालेका हुन् । नेपालीलाई प्रवेश दिइए पनि भारतीयलाई भने रोक लगाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । डीआईजी सिंहले भने, “सबैको सीमामै र्यापिड जाँचलगायत परीक्षण हुन्छ । त्यसपछि अनिवार्य क्वारेन्टाइनमा राख्छौं । यसरी नेपालीलाई प्रवेश दिएका छौं ।” यसअघि विभिन्न नाकाबाट लुकिछिपी आएकामा अहिले नाकामै व्यवस्थित रूपमा आउन दिएपछि सो क्रम रोकिएको उनले बताए । यसबाहेक प्रहरीले लकडाउनमा कडाइसमेत गरेको
बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिन भारतबाट फर्किएका नेपालीले भरिभराउ भएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीलाई मुख्य नाकाबाटै स्थानीय प्रशासनले नेपाल भित्र्याएपछि क्वारेन्टिनमा बस्ने ह्वात्तै बढेको हो । भारतबाट आउने नेपालीको चाप बढ्दै गएपछि यहाँका स्थानीय तहले क्वारेन्टिन बढाएका छन् । बाँकेमा अहिले ४१ क्वारेन्टिनमा एक हजार १२६ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ७३ पुरुष र ५३ महिला बाँकेका क्वारिन्टनमा रहनुभएको छ । नरैनापुरमा शुक्रबार मात्रै भारतबाट आएका आठ जनामा कोरोना सङ्क्रमण फेला परिसकेको छ । भा
काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो । उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या दे
नेपालमा पहिलो पल्ट कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको कोरोना भाइरसको संक्रमण बाट मृत्यु भएको पुष्टि गरेको हो । ९ दिन अघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलीभर भएर घर फर्किएकी उनलाई ज्वरो , खोकी र स्वास प्रश्वासमा समस्या आएपछि स्थानिय अस्पतालमा उपचार गराइरहेकी थिइन । स्वास्थ्यमा थप जटिलता आएपछि उनलाइ धुलिखेल अस्पताल ल्याएको थियो । धुलीखेल अस्पताल आइपुग्दा डक्टरले उनको मृत्यु भइसकेको बताएका थियो । कोरोना सग मिल्ने लक्षण भएकाले उनको आरडिट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप परीक
काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उप
भारतबाट नेपाल भित्रने संभावित मानिसलाई राख्ने तयार गर्न लागिएको क्वारेन्टाइनस्थल बस्तीबाट टाढा राख्न भन्दै विराटनगर १३ बासिन्दाले संघर्षमा उत्रिएका छन् । विराटनगर महानगरपालिकालाई पत्राचार गरी विराटनगर १३ कोशी प्रोजेक्ट क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन । महानगरसंगको समन्वयमा प्रदेश १ सरकारले स्थानीय डिएभी स्कुलमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरेको हो । तर, स्थानीयले भने अवरोध र विरोध गरेका छन् । स्थानीय टोलबारीले विराटनगर महानगरपालिकाको नाममा पठाएको ज्ञापन पत्रमा बसोबास स्थलबाट टाढा क्वारेन्टाइनको व्यवस्थापन गर्न भनिएको छ । संभावित संक्रमितलाई बस्तीमाझमा रहेको स्थानको क्वारेन्टाइनमा र
धरान / सुनसरीको रामधुनी नगरपालिकाबाट भक्तपुर पुगेकी कोरोना संक्रमित युवतीको सम्पर्कमा आएकाहरु मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। संक्रमितको सम्पर्कमा आएका १९ जनाको थ्रोट स्वाव संकलन गरि परीक्षणका कोशी अस्पताल कोभिड १९ उपचार केन्द« बिराटनगर पठाइएको थियो । १९ जना मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको र १ जनाको पुन परीक्षणको लागि रिस्याम्पलीड गर्नु पर्ने भएको हो । एक जनाको भोली पुनस् थोट स्वाव लई परिक्षणकोलागि पठाइने भएको छ ।
काठमाडौं आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको छ । पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यस्तै दाङमा पनि पहिलोपटक कोरोनाक