पुर्व व्रिटिस गोर्खा सैनिकले पुनस्थापना गृहमा ९० औ जन्मदिन मनाए

  • असोज १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / लायन्स क्लव अफ धरान विजयपुर र लियो विजयपुरको आयोजनामा पुर्व ब्रिटिस गोर्खा सैनिक सन्तवहादुर गुरुङ्गले आप्mनो जन्मदिन धरान पुनस्थापना गृहमा मनाएका छन । आप्mनो ७२ वर्षिय श्रीमति मनमाया गुरुङ्ग संगै पुनस्थापना गृहमा आश्रितहरु माझ गुरुङ्गले विहिवार आफ्नो ९० औ जन्म दिनको केक काटेका थिए ।

जन्म दिनको अवसरमा गृहलाई दशै सम्म खान पुग्ने गरि खाद्यन्न समेत प्रदान गरेका छन । उनले पाच सय ५० केजि चामल, २२ केजि नुन, २ कार्टुन तेल र २५ केजि चामल गृहका संचालक भिम राईलाई हस्तानतरण गरेको छन ।

मेरो वुहारि टंक गुरुङ्गले वुवा आफ्नो जन्म दिनको अवसरमा सामाजिक काम गर्नु भनेर संझाए पछि पुनस्थापना गृहमा जन्म दिन मनाउदै सहयोग गरेको गुरुङ्गले जन्मदिन मनाउने क्रममा सुनाए । धरान १६ सितल मार्ग निवासि गुरुङ्ग हाल युके वस्दै आएको तर छुट्टिमा नेपाल आएको वेला लकडाउनमा परे पछि फर्किन नपाएको उनको वुहारी एवं लायस्न क्लवका ड्रिस्टिक ३२५ ए वान डायविटिज चिफ टंक गुरुङ्गले जनाए ।

खाद्यन्न प्रदान संगै पुनस्थापना गृहका आश्रितहरुलाई जुस प्रदान गरिएको थियो । पुनस्थापनामा गृहमा हाल २८ जना वस्दै आइरहेको र यसरी नै सहयोग दाताहरु वाट गृह संचालन भइरहेको जानकारी गराउदै संचालक भिम राईले सहयोगका लागि धन्यवाद दिएका थिए । गृहमा ४ वर्ष देखि ७० वर्ष सम्मका शारिरिक रुपमा अशक्त अभिभावक विहिनहरु आश्रित रहेका छन ।

कार्यक्रमका सभाध्यक्ष लायन्स क्लव अफ विजयपुरका अध्यक्ष कविरभगत प्रधानाङ्गको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि विशेष सल्लाहकार गौरिसंकर अग्रवाल, सल्लाहकार मिना पुलामि, विपिन सुव्वा, डिस्ट्रिक चिफ शान्ति श्रेष्ठ, सिनियर एडभाइजर वलराम मानन्धर, चित्र राई, लायन्स जुम्वा अध्यक्ष कृति श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 
 

 

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved