लकडाउनले वीपीमा आर्थिक संकट बढ्दै

  • आश्विन १७, २०७७
  • दिनेश गजमेर
alt

धरान । कोरोना संक्रमणको न्युनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक भार बढ्दै गएको छ । अस्पतालको ओपिडि सेवा र चिकित्सा शिक्षा तर्फको भर्ना ठप्प हुँदा प्रतिष्ठानलाई आर्थिक संकट हुन थालेको छ ।

विगत ७ महिना देखिको लकडाउनमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा पुर्ण रुपमा ठप्प भए । दैनिक जसो ३५ सय बिरामीहरुले ओपिडि सेवा लिने गर्दथे । लकडाउनमा सेवानै बन्द हुँदा ८० प्रतिशत आयस्रोत घटेको छ । यता चिकित्सा शिक्षाको नयाँ भर्ना पनि हुन सकेन । प्रतिष्ठानको आयस्रोत पनि ठप्प भएकाले आर्थिक संकट बढ्दै गएको रजिष्टार्ड प्रा.डा. मोहन चन्द्र रेग्मी बताउँछन् । 

उनका अनुसार प्रतिष्ठानको वार्षिक २ अर्ब ५० करोडको बजेट हुने गरेको छ । प्रतिष्ठानले चिकित्सा सेवाबाट करिब १ अर्व २० करोडको आय हुने गरेको छ भने चिकित्सा शिक्षाबाट ४० करोड र अन्य अनुदान थप गरि साढे २ अर्बको कारोबार हुने गरेको छ । ६ महिना जति कोभिडको कारण अस्पतालको आय ८० प्रतिशत घटेको उनले बताए । उनले भने, ‘विद्यार्थिहरु यो वर्ष भर्ना गरेको छैन, जति पहिललेको वर्ष विद्यार्थी हुन्थ्यो त्यति नै छ त्यसले गर्दा आर्थिक रुपमा हामि निकै कमजोर अवस्थामा र्छाै ।’
सरकारले प्रतिष्ठानको संचालन खर्चका लागि भनेर कुनै बजेट दिने गरेको छैन् । प्रतिष्ठानले कर्मचारीलाई तलब भत्ता दिन पनि सकिरहेको छैन् ।

उनले भने, ‘आशा गरौ असोजको अन्त्यमा विद्यार्थी भर्ना भइसक्ने र चिकित्सा सेवा पनि सुचारु हुने छ । तर सरकारले अनुदान बजेटलाई निरन्तरता दिएकाले विकाश निर्माणका योजनाहरु नरोकिने उनको भनाई छ । उनले भने, निर्माणाधिन जति योजना सरकारबाट अनुदान बजेट आइरहेको छ, अस्पतालका इक्वीप्मेन्टहरुको लागि पनि बजेट आइराखेको छ, प्रमुख समस्या भनेको चालु खर्चको लागि हो ।’ प्रतिष्ठानमा सरकारी दरबन्दीका चिकित्सक नहुँदा पनि आर्थिक भार बढेको उनी बताउँछन् ।

लकडाउनका कारण शैक्षिक कार्यक्रम संचालन गर्न सकेको छैन् भने ओपिडि पुर्ण रुपमा बन्द रहेका छन् । प्रतिष्ठानमा कर्मचारीको तलब भत्तामै मासिक साढे १२ करोड खर्च हुने गरेको छ । प्रतिष्ठानले अहिले ओपिडि सेवाबाट मासिक साढे ३ करोड आम्दानी गरिरहेको छ । सरकारले प्रतिष्ठान संचालनको लागि बजेट विनियोजन नगरे दैनिक कार्यसम्पादनमै आर्थिक अभाव हुने देखिएको छ ।

प्रतिष्ठानमा पछिल्लो समय सबैभन्दा वढि प्रश्न खरिद प्रक्रियामा उठेका छन् । प्रतिष्ठानमा हुने गरेका आर्थिक अनियमितताको मुद्धाहरु अख्तियार सम्म पुगेका छन् । खर्च कटौती, खरिद प्रक्रियालाई व्यवस्थीत गर्ने तर्फ लागि रहेको उनले बताए । आर्थिक स्रोत बढाउनका लागि कोरोनाकै अवश्थामा पनि सुधारका कार्यक्रमहरु लागु गरिएको छ । अस्पतालको सेवामा सुविधाहरु बढाउदै अनलाइन प्रकियाबाट बिल काट्ने सिस्टम बनाएको उनले बताए ।

उनले भने, कोरोनाको जोखिममा धेरै बेर उभिनु पर्ने संक्रमणको जोखिम फैलने सक्ने भएकाले अनलाईन सिस्टम लागु गर्दैछौं, विचौलियाहरुलाई निरुत्साहित गर्ने तर्फ लागेका छौं, काउन्टरहरुले टिकट नदिने कम्प्लेनहरु आइरहेको छ त्यसलाइ सुधार गर्दै जानेछौं ।’
संक्रमणको जोखिम फैलिदै गएको छ । यस्तो अवश्थामा अस्पतालको सेवालाई चुस्त दुरुस्त राख्नुपर्ने हुन्छ । आर्थिक अभावले सेवा प्रभावित हुन नदिन सम्बन्धित निकाय बेलैमा सचेत हुन आवश्यक छ ।

प्रतिष्ठानमा आर्थिक संकट बढ्दै गए पनि उपकुलपतिले कर्मचारी नियुक्ति गरिरहेका छन् । उनले कर्मचारी नियुक्तिलाई लाई लिएर प्रतिष्ठानका कर्मचारी, चिकित्सकहरुले विरोध जनाउँदै आएका छन् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved