धरान । धरान क्षेत्रमा रहेका महिला संघसस्थाहरुको साझा संगठनको रुपमा रहेको महिला संजाल धरानको पाचौं अधिवेसनबाट अध्यक्षमा चेतना श्रेङ निर्वाचित भएकी छिन् । अघिल्लो समितीको वरिष्ठ उपाध्यक्ष रहेकी श्रेङ नयाँ कार्यसमितीमा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । समितीको वरिष्ठ उपाध्यक्षमा सपना राई निर्वाचित भएकी छिन् भने कार्यसमितीको प्रथम उपाध्यक्षमा कोपिला भट्टराई द्वितीय उपाध्यक्ष यशोदा कायस्थ निर्वाचित भएकी छिन् ।
त्यसै गरि समितीको सचिवमा लहरु माया जिमी निर्वाचित भएकी छिन् भने सहसचिव पदमा निर्मला शाक्य र सिता मगर चयन भएका छन् । समितीको कोषाध्यक्षमा सकुन्तला भुषाल र सहकोषाध्यक्षमा निर्मला नेपाल रहेकी छिन् । अधिवेसनले नयाँ कार्यसमितीका लागि दुई उपाध्यक्ष, दुई सहसचिव र सहकोषाध्यक्ष पद थप गरेको हो । समितीका अध्यक्ष सविता राईको सभापतित्व र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको प्रमुख आतिथ्यमा भएको ५ औं अधिवेसनले थप ३ वर्षका लागि नयाँ कार्यसमिती चयन गरेको हो ।
नयाँ कार्यसमिती चयनका लागि अधिवक्ता दर्शन राई, मौसम राई, सुजता श्रेष्ठ निर्वाचन मण्डलमा रहेका थिए । निर्वाचित कार्यसमितीको प्रथम बैठकबाट सदस्यहरु चुनिने निवर्तमान अध्यक्ष सबिता राईले बताईन् । धरानमा सक्रियरुपमा ३५ वटा महिलाहरुको संघसंस्थाहरु रहेका छन् । कार्यसमितीका लागि तिनै महिला संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने गरेको छ ।