चार फोटो प्रतियोगी सम्मानीत

  • आश्विन ११, २०७७
  • भगीरथ भण्डारी
alt

 

इलाम विश्व पर्यटन दिवसको अवसरमा इलाम नगरपर्यटन समितिको आयोजना र नेपाल फोटो पत्रकार महासँघ इलाम शाखाको सहआयोजनामा भएको फोटो प्रतियोगितामा मौसम किसोर राईको फोटो प्रथम भएको छ । त्यस्तै गरी सुन्दर मैनालीको दास्रो, विमला गुरुङ तेस्रो भएको छ ।

प्रतियोगीतामा प्रथम दोस्रो र तेस्रो भएको फोटो प्रतियोगिलाई क्रमस दश, पाँच र चार हजार रुपैया र दोसल्लाले सम्मान गरिएको छ । प्रतियोगितामा इलाम नगरपालिका भित्रका तस्विर मात्र समावेस भएका थिए । त्यस्तै वेष्टआर्ट फोटो ग्रफि तर्फ इलाम नगरपालिकाका आदित्य पौडेल, इलाम नगरपालिका ३ पुवामझुवाका भक्त गुरुङ, र इलाम नगरपालिका ७ का माधव लुईटेलका फोटाले पाएको छ ।

प्रथम भएको फोटो इलाम नगरपालिका ३ पुवामझुवामा स्थित महभिरको दिदि बहिनी झरको पलोटो रहेको थियो । त्यस्तै दास्रो इलाम नगरपालिकामा रहेको प्रथम एतिहाँसिक चियम बगानको फोटो छनोट भएको छ भने तेस्रो इलाम नगरपालिका ६ मा रहेको भालुढुङ्गाको तस्विर रहेको छ ।

उत्कृष्ट भएका फोटो पत्रकारलाई इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले सम्मान पत्र प्रदान गरेका थिए ।
उनले फोटो बाटै विभिन्न ठाउँ चिनाउन सक्ने बताए । कोरोना संक्रमणले विश्वनै त्रसित भईरहेको छ तर यसलाई आतङ्क भन्दा पनि अवसरको रुपमा लिनु पर्ने बताए । इलाम सुरक्षित छ र सूरक्षित भएरै गतिविधि सञ्चालन गर्नुपर्ने बस्नेतको भनाई छ । नेपाल कृषि प्रधान देश हो त्यसलाई र्न आर्थिक जग बनाएर अघि बड्ने हो भने जस्तोसुकै महममारिमा पनि कोहि पनि भोकमरिमा नपर्ने भन्दै कृषिमा नै जोड दिनु पर्नैमा बस्नेतले जोड दिए ।

कृषिमा लगानी गरेर आत्मनिर्भर बन्नुपर्ने उनको जोड छ । कोरोना संक्रमणले पर्यटनमा ठूलो असर पारेको छ । यातायात सञ्चालन भए पनि मानिस हिड्न सक्ने अवस्था नभएकोले पर्यटन होटल र यातायात धरासाहि बनेको भन्दै यसको बारेमा चिन्तित बनाएको छ । उनले इलाममा कृर्षिलाई व्यवसायिक बनाउने हो भने भोकले कसैलाई असर नपार्ने भन्दै बन्दा बन्दीला अवसरको रुपमा लिन पनि नगरवसिलाई अनुरोध गरेका छन ।

नगर पर्यटन समितिका अध्यक्ष शुसिला सापकोटाले ठूल ठूला लँडाई हरुको इलाहिस पनि फोटो बाट झल्किएको र अहिले दस्ताबेजको रुपमा रहेको बतईन । उनले फोटो बाट भोलिका सन्ततीले पनि इलाम चिनाउन सकिने बताईन । उनले नगरको विकासका लागि पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै फोटेले यसमा टेवा पुग्ने बताईन ।

कार्यक्रममा विश्व महामारि कोभिट १९ ले नेपालमा पारेको प्रभाव, सरोकारवालाले खेल्नुपर्ने भूमिका तथा फोटो पत्रकारिता र पर्यटन प्रवर्दनमा यसको महत्वका बारेका महेन्द्र रत्न बहुमूखि क्याम्पस इलामका उप प्रध्यापक दिपेन्द्र बरालले प्रस्तुत गरेका थिए ।photo

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved