काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । आज भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । अब सबै सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम पनि नयाँ संस्करणको नेपाली नक्सालाई नै प्रचलनमा ल्याइने मन्त्री अर्यालले बताइन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको छ । मन्त्री अर्यालले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् । साथै उनले सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न आग्रह गरेकी छिन् । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल साविकको भन्दा ३३५ वर्ग
विराटनगर, ७ जेठ । प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् । आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास
काठमाडौँ सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा बुधबार दिउँसो २:१५ बजे औपचारिक रुपमा सार्वजनिक गर्न भएको छ । नक्सा सार्वजनिक कार्यक्रमको नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ । मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए ।जारी हुन लागेको नेपालको नयाँ नक्सा अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुने छ । नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी
कानेपोखरी विश्वभर महामारकिो रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेपछि मोरङको कानेपोखरी गाँउपालिकाले गाँउपालिका भित्रका क्रियाकलाप तीन दिन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । कानेपोखरी गाँउपाललिका अध्यक्ष अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा विभिन्न राजनितिक दल, व्यापार प्रबन्ध समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको मंगलबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेपछि तीन दिन लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो । यस अघि बिहान ६ बजे देखि १० बजेसम्म खोलिने विभिन्न खाद्यान्न, सागसब्जीसहितका पसलहरू बन्द गर्ने र कसैले यसको अवज्ञा गरे जरिबाना सहित दण्डित गरिने गाउँपालिकाले जनाएको छ । सातै ब
धरान सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमण पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ । बराहक्षेत्र नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन रोक लगाउने गरी पूर्णरुपमा शिल गरिएको जनाएको छ । वडा नं ११ मधुवनमा रहेका सशस्त्र हवल्दारको आवतजावत १० र ११ वडामा देखिएपछि थप संक्रमण फैलन नदिन दुवै वडा सिल गरिएको हो ।
धरान सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमण पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ । बराहक्षेत्र नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन रोक लगाउने गरी पूर्णरुपमा शिल गरिएको जनाएको छ । वडा नं ११ मधुवनमा रहेका सशस्त्र हवल्दारको आवतजावत १० र ११ वडामा देखिएपछि थप संक्रमण फैलन नदिन दुवै वडा सिल गरिएको हो ।
धनकुटा/ धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भए पछि उनको सम्पर्कमा आएका ८४ जनको स्वाब संकलन गरि धरान स्थित वि पि कोइरला स्वास्थ्य विज्ञानमा पठाएको थियो । परीक्षणको क्रममा ८४ जनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्रोतका अनुसार संक्रमति हुनेमा चार पुरुष र एक महिला रहेका छन् । यो सगै धनकुटामा मात्र संक्रमितको संख्या ६ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५९ पुगेको छ ।
विराटनगर । लुथरन विश्व फेडेरेसन (एलडब्ल्युएफ)ले विराटनगरमा संचालित कोशी कोभिड १८ उपचार केन्द्रलाई रु. ७ मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । १९ भन्दा बढी प्रकारका ती सामग्री प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमसहितका प्रतिनिधिले आज हस्तान्तरण गरेका हुन । लुथरनले एक्सरे मेसिन एक थान, इलेक्ट्रिक सक्सन मेसिन दुई थान, अक्सिजन बनाउने मेसिन एक थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट ३० थान, आईआर थर्ममिटर ४ थान, एन ९५ मास्क १ सय २० थान र सर्जिकल मास्क ५ सय थान सहयोग गरेको हो । स्वास्थ्य उपकरणहरु ग्रहण गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा स
विराटनगर । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । यता, प्रेदश सरकारले तयार गरेका क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ५२ पुगेको छ । होम क्वारेन्टाइनमा ८ हजार ५ सय ६० जना बसिरहेका छन् । आइसोलेसनमा बस्नेको संख्या १० छ ।
विराटनगर । १ नम्बर प्रदेशको बर्खे अधिवेशनमा सहभागी हुने सबैको स्वाब परीक्षण गर्ने तयारी थालिएको छ । प्रदेशसभाको बैठकमा सहभागी हुने सबै सांसद, प्रदेशसभा सचिवालयका कर्मचारी, सुरक्षा प्रबन्धमा खटिने सुरक्षाकर्मी र पत्रकारको थ्रोट स्वाब संकलन गर्ने प्रदेशसभाले तयारी गरेको हो । जेठ १४ गतेदेखि प्रदेशसभाको बर्खे अधिवेशन शुरु हुँदैछ । कोरोना भाईरसको परीक्षण गरेर मात्र प्रदेशसभा बैठक संचालन गर्ने तयार भएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् । बैठक शु हुनु अगावै परीक्षण प्रतिवेदन प्राप्त हुने गरी प्रदेश सरकारमार्फत सबैको स्वाब परीक्षणको व्यवस्था गरिएको पराजुलीले बताए । जसअनुसार