धरान । राष्ट्रिय जनमुक्ति पार्टीको संखुवासभा जिल्ला कार्यसमिती कृष्ण कुमार राईको अध्यक्षतामा पुनर्गठन भएको छ ।
गत शुक्रबार भएको भेलाले कृष्ण कुमार राईको अध्यक्षतामा जिल्ला कार्यसमिती पुनर्गठन गर्दै उपाध्यक्षमा विसन कुमार राई, सचिवमा जित बहादुर राई, सह सचिव कृष्ण पहाडी र कोषाध्यक्षमा दिल कुमार राईलाई चयन गरेको छ । त्यसै गरि सदस्यहरुमा नर बहादुर राई, जय बहादुर याङरुङ, मान बहादुर मगर, सन्च बहादुर राई, भीम प्रसाद राई, दिपेन राई, जगदीश राई, शुभदेवी राई, विष्णु राई र उत्तर कुमार राई चयन भएका छन् ।
भेलाले राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन नेपाल बिद्यार्थी मोर्चाको संखुवासभा जिल्ला संयोजकमा कमला राई र जनमुक्ति युवा महासंघ संखुवासभा जिल्ला संयोजकमा मान बहादुर राईलाई पनि चयन गरेको छ । भेलामा राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद उपाध्यक्ष प्रकाश येङदेन र जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य फिबराज लिम्बुको उपस्तिथी रहेको थियो ।