बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग

  • कार्तिक २, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको साँगुरीगढी गाँउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग राहत स्वरुप वितरण गरिएको छ ।
सो गाँउपालिकाको वडा नं. १, २ र ७ का ४१ घरपरिवारलाई खाध्यान्न सामग्री सहित आर्थिक सहयोग वितरण गरिएको हो । यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र साँगुरीगढी गाउँपालिकाको व्यवस्थापनमा वितरण गरिएको हो । प्रति पीडित परिवार ५०÷५० केजी चामाल, ४÷४ लिटर तेल, ३÷३ केजी नुन, ३÷३ केजी चिनी, ५÷५ केजी दाल र २÷२ हजार नगद आर्थिक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए । यस वर्षको अविरल वर्षाका कारण साँगुरीगढी गाउँपालिका–१ बुढिमोरङ सालबोटेका १५ घरपरिवार उच्च जोखिममा रहेको वडाध्यक्ष तिलकबहादुर लिम्बुले बताए ।


अहिले वडाको सालबोटे टोलका करिब १५ घर परिवारको वर्षौदेखि खेतिपाती गर्दै आईरहेको पाखाबारी पहिरोले चिरा–चिरा बनाएको छ । पहिरोका कारण जमिन दिन दिनै भाँसिएपछि खेतिपाती लगाउन पनि नपाएको स्थानीय बादी माया लिम्बूले बताईन् । आफ्नो ४१ रोपनी जग्गा पहिरोले तानेपछि कमाई लाउन नपाएको लिम्बूले गुनासो गरिन् । पहिरोले घर नै जोखिममा पारेपछि सरकारले अन्यन्त्रै सुरक्षित स्थानमा घर बनाउने व्यवस्था मिलाई दिन आग्रह समेत उनले गरिन् । राहत लिन आएकी सोही स्थानकी मनमाया मगरले पनि आफ्नो १२ रोपनी पाखावारी कमाई लगाउन नमिल्ने गरी भत्केर गएको बताईन् । उनको पनि घर एकपट्टी चर्किएको छ ।

सो क्षेत्रका पहिरो पीडितहरु सबै अहिले जोखिम मोलेर बसी रहेका छन् । तमोर करिडोरको बाटो बन्न थालेपछि त्यस क्षेत्रमा पहिरो जान थालेको स्थानीयले बताएका छन् । साँगुरीगढी गाउँपालिकामा ४१ घरपरिवार बाढी पहिरोबाट पीडित भएपछि उनीको व्यवस्थापन र सुरक्षाको लागि आवश्यक पहल गर्न केन्द्र र प्रदेश सरकारसँग छलफल भईरहेको गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाले बताए । बाढी पहिरो पीडित परिवारका लागि विभिन्न सहयोगका कार्यक्रम र जोखिमपूर्ण बस्तीलाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्न पहल भईरहेको गाउँपालिकाका प्रवक्ता बालकृष्ण राईले बताए ।

121571236_349836982943145_5824400568545078794_n copy

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved