न्यायिक समिति सुझाव पेटिका वितरण

  • कार्तिक १, २०७७
  • सन्तोष रुचाल
alt

धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण गरेको छ ।

गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनको लागि नागरिकहरुलाई सहजता पु¥याउने उद्देश्यले सबै वडामा सुझाव पेटिका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । उनले भने–‘भौगोलिक विकटताका कारण कतिपय नागरिकहरुको गाउँपालिका वडा न्यायिक समितिसम्म पुगेर आफ्नो गुनासो पोख्ने पहुँच नहुन सक्दछ । त्यसैले आफुलाई लागेको गुनासो वा सुझाव भए सम्बन्धित वडामा राखिएको सुझाव पेटिका मार्फत पठाउन सक्दछन् ।’ नागरिकहरुबाट आएको सल्लाह, सुझावको आधारमा आगामी दिनमा गाउँपालिकालाई नीति तथा कार्यक्रमहरु तय गर्न मद्दत पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।

यसैबीच अविरल वर्षाका कारण बाढी पहिरोबाट क्षति भएको सोही गाउँपालिकाको वडा नं. ७ र ८ को अठारसय खानेपानी र आमडाँडा खानेपानी उपभोक्ता समितिहरुलाई ६ सय मीटर खानेपानीको पाइप पनि वितरण गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौबिसे गाउँपालिकाको ८ वटै वडामा विद्युतलाईको पहुँच भन्दा बाहिर रहेका अति विपन्न १ सय घरधुरी परिवारलाई सोलार सेट वितरण गरिएको छ । त्यस्तै विद्युत लाइन पुगेर पनि मीटर बक्स किन्न नसकेका ८० घरधुरीलाई ८० वटा मीटर बक्स, गुणस्तरिय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि ११ वटा आधारभुत तथा माध्यमिक विद्यालयलाई सिसी क्यामेरा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

रमाईलो कक्षा संचालनको लागि गाउँपालिकाका सबै विद्यालयका केजी र बाल कक्षाहरुलाई एलइडी टिभी ४७ थान र कक्षा–६ देखि १२ कक्षासम्मका छात्राहरुको लागि १३ हजार ५ सय प्याकेट स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् । सो गाउँपालिकाले पढाईको गुणस्तर सुधार गर्नको लागि दुई वर्ष अगाडी देखि नै गाउँपालिकाको पुण्य मावि राजारानीमा अध्यायनरत साइन्स र होटल म्यानेजमेन्टमा अध्यायनरत छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

120939530_808344693299142_4076712051994227917_o copy 1 121413664_813513112782300_4805508560653993283_n copy 121775695_813513092782302_4430195468434034992_n copy

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved