प्रदेश १ स्तरीय कृषि थोक बजार झारले पुर्यो

  • आश्विन २९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । प्रदेश सरकारलाई घर आँगनकै सरकार भनिन्छ । विकासप्रति जनताको अपेक्षा यही सरकारसंग धेरै छ । अझ प्रदेश १ सरकारले त विकास र कृषि क्षेत्रलाई ठूलो प्राथमिकता दिएको छ । तर सरकारले कृषिसंग सम्बन्धित एउटा संरचना नै संचालन गर्न सकेको छैन ।

आफ्नै संरचना समेत सही ढंगबाट परिचालन गर्न नसक्दा प्रदेश सरकार अधिक आलोचनाको सिकार भएको छ । संघीय सरकारले हस्तान्तरण गरेको कृषि थोक बजारको संरचना चुस्त ढंगले संचालन गर्न प्रदेश १ सरकारले स्थानीय तहहरुलाई समेत विश्वासमा लिन सकेन । फलतः प्रधानमन्त्री केपी शर्मा ओली आंफै विराटनगरमा आएर हस्तान्तरण गरेको कृषि थोक बजारलाई झारले छोपेको छ ।
प्रदेश सरकारले विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकालाई समेत विश्वासमा लिन सकेन ।

अहिले दोस्रो पटक संचालन कार्यविधि बनाएर नेकपा निकटका सहकारी संचालकलाई कृषि थोक बजारलाई जिम्मा लगाईएको छ । विराटनगर महानगर र कटहरी गापाले थोक बजारमा आफ्नो सहभागिता नभएको भन्दै चासो दिएनन् । विराटनगरले मुख्य बजारबाट तरकारीको गुदरी बजार उठाएन बरु व्यवसायी आफैंले जग्गा भाडामा लिएर नयाँ कृषि थोक बजार विराटनगरको जनपथ टोलमा नयाँ ढंगले संचालन गरेका छन । तर प्रदेशको महेशपुरमा अवस्थित संरचनामा न व्यापारिक गतिविधि छ न किसान नै पुग्छन । खरिद गर्ने ग्राहक र बिक्री गर्ने व्यापारी अनि उत्पादन गर्ने कृषकले प्रदेश सरकारलाई नपत्याएपछि कृषि बजार असफल बनेको छ ।

 

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved