मापदण्ड पालना नगर्ने ब्यवसायीको पसल नै शिल गरीयो

  • आश्विन २९, २०७७
  • तेजबहादुर बन
alt

इटहरी । चाडपर्व नजिकिएसंगै उपभोग्य बस्तुको मुल्यमा एकरूपता नभएको ब्यापक जनगुनासो पछि इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाइ तिब्रता दिइएको छ । पटक पटक सम्झाउदा पनि अटेर गर्दै म्याद गुज्रिएको सामान बिक्री गर्ने एक किराना पसललाइ शिल गरेको छ ।

केहि समय अघि अखाद्य बस्तु सहित म्याद गुज्रिएका सामग्रीहरू भेटिएपछि चेतावनी दिदै छोडिएको इटहरी १२ खनार स्थित बिक्रम किराना पसलमा शुक्रबार अनुगमन गर्दा पुनः पुरानै सामग्री भेटिएपछि पसल शिल गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन । खनारका स्थानीय मंगल चौधरीले सञ्चालन गरेको उक्त पसलबाट म्याद गुज्रीएको घ्यु, बिस्कुट, तेल, बेसार लगायतका खाद्यान्नहरू फेला परेका थिए ।

बजार अनुगमनलाइ तिब्रता दिने क्रममा शुक्रबार इटहरी १२ खनार स्थित केहि खाद्यान्न पसल, किराना पसलहरू अनुगमन गरिएको थियो । करीब २ घण्टा गरिएको अनुगमनमा खनार क्षेत्रमा सञ्चालित ७ वटा किराना पसलबाट म्याद गुज्रीएको सामग्रीहरू जफत गरिएको उपमेयर गौतमले बताईन् ।
एक दर्जन बढी पसलहरूमा अनुगमन गर्दा अधिकांस ब्यवसायहरूले प्रशासनबाट जारी मापदण्ड पालना नगरेको, मास्क, सेनिटाइजर प्रयोग नगरेको तथा मुल्यसुचि नराखेको पाइएकोले तिनिहरूलाइ अन्तिम चेतावनि दिइ छाडिएको र पुनः अनुगमन गर्दा गल्ति दोहोरिए पसल शिल गर्ने चेतावनी दिएको उपमेयर गौतमले बताईन ।

 

नेकपाका नेता जनार्दन ...

धरान/  पूर्वमन्त्री तथा नेकपाका नेता जर्नादन शर्मा ...

बडादशैँको आज नवौँ दि ...

धरान/ बडादशैँको नवौँ दिन आज सिद्धिदात्री स्वरुप नवदुर्ग ...

कोरोना महामारीका बि ...

धरान, कोरोना महामारीक बीच पनि धरानमा फूलपाती भित्र्याइए ...

कोरोना उपचारमा गुनास ...

धरान । कोरोना उपचारमा लापरवाही हुनुका साथै कोभिड अस्पता ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / सम्पादक: नवराज विष्ट / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2020 - Koshipatra.com All rights reserved