भोजपुर जोड्ने दुधकोशीमा पुलको शिलान्यास

  • आश्विन २९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी । मोटरेबल पुल नहुँदा लामो समयदेखि सास्ती भोग्दै आएका भोजपुरका हतुवागढीका स्थानीयवासी चुहारमा पुल बन्ने भए पछि उत्साहित बनेका छन् ।
प्रदेश सरकारको बजेटमा भोजपुरको हतुवागढी–९ हसनपुर चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैली जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार ४ सय ७ रुपैयाँ लागतमा दूधकोशी नदीमाथि बन्ने पुलको सोमवार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका हुन् ।

पुल निर्माणले हतुवागढीसँगै समग्र जिल्लाकै विकार र समृद्धिमा टेवा पुग्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पुल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री राईले संघीयताको उपहार नै विकास रहेको बताए । संघीयताका कारण विकासका योजना सञ्चालन गर्न सहज भएको भन्दै उनले संघीयताको सुन्दर उपहार नै विकास रहेको धरणा राखे । जिल्लाको विकासका लागि प्राथमिकताको आधारमा काम भइरहेको उनले बताए । मुख्य सडकको विस्तार गर्दै जिल्लाभित्र तथा अन्य जिल्लासँग जोडिएका सबै नदी तथा खोलामा पक्की पुल निर्माण गरिने जानकारी उनले दिए । दुधकोशीको पुलले दुवै जिल्लाको समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ । यसको निर्माण अवधि २४ महीना भए पनि आफूले निर्माण व्यवसायीलाई तोकिएको समयअगावै सक्न भनेको उनले बताए ।

प्रदेश सरकारले ठूला नदीमा बनाउन लागेको यो पहिलो पुल रहेको पूर्वाधार विकास कार्यालय, भोजपुरले बताएको छ । पुल निर्माण गुणस्तरीय बनाउन र समयमै सम्पन्न गराउन कार्यालयको तर्फबाट नियमित अनुगमन हुने कार्यालय प्रमुख राजनराज रेड्डीले बताए । कालिका प्यासिफिक जेभीले निर्माण गर्न लागेको उक्त पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथ सहित साढे १० मिटर रहने प्रदेश–१ भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशानालयले जानकारी दिएको छ । पुल निर्माण तोकिएको समय अघि नै सम्पन्न गर्ने लक्ष्यसहित काम गराइने स्थायी सडक पुल कार्यक्रम संयोजक मंकेश्वर ठाकुरले बताए ।
भोजपुर सदरमुकामबाट दुधकोशी पुलसम्म लम्बाइ करीब ६५ किलोमिटर छ । भूकम्पप्रतिरोधी हुने उक्त पुल ५० देखि ८० वर्ष टिकाउ हुनेगरी डिजाइन गरिएकोे बताइएको छ ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved