समाज

    Showing 6,491-6,500 of 6,734 items.
  • इनरुवाको दमकल बनाउन नगरपालिकालाई भिक्षादान

    सुनसरी । वर्षौ देखि बिग्रिएर थन्किएको सुनसरीको इनरुवा नगरपालिकाको दमकल नगरपालिकाले नै बनाउन नसकेको भन्दै स्थानीयले भिक्षादान गरेका छन् । इनरुवामा पटक पटक आगलागी हुँदा पनि दमकल मर्मत सम्भार गर्न नसकेको भन्दै मंगलबार स्थानीयले सडकमै भिक्षा मागेका थिए । भिक्षा वापत उठेको रकम नगरपालिकालाई दमकल मर्मतका लागि दिने भएका छन् । दुई दिन अघि इनरुवाको बिच बजारमै रहेको हनुमान बस्त्रालयबाट शुरु भएको आगलागीले करिब ५ करोड मुल्य बराबरको क्षति गरेको थियो । समयमै आगो नियन्त्रण हुन नसक्दा ४ वटा पसल जलेका थिए । इनरुवामै रहेको दमकल बिग्रीएको र छिमेकी नगरबाट दमकल ल्याएर आगो नियन्त्रण गर्न करिब ५ घण्टा भन्दा बढी सम

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,487 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय तस्करद्वारा शसस्त्र प्रहरी माथि आक्रमण

    झापा । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी माथिको आक्रमण बढ्दै गएको छ । सिमा सुरक्षामा शसस्त्रले कडाइ गर्न थाले पछि भारतीय तस्करीको निशानामा शसस्त्र प्रहरी पर्न थालेका छन् । सोमबार राती झापा गाउँपालिका–१ लसुनामा भारतीय तस्करले सिमामा खटिएका शसस्त्र माथि आक्रमण गरेका छन् । भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो । यस अघि पनि अवैध सामान ल्याउन रोके पनि शसस्त्र प्रहरीले आक्रमण गरेका थिए । स्थानीयका अनुसार भारतीय तस्करले एक सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भुमितर्फ एक सय मिटरभित्र पुर्याइसकेका थिए । सशस्त्र प्रहरीले गुहार मागेपछि स्थानियले उद्दार गरेका थिए । सशस्त्र प

    • प्रकाशित मितिः असार २, २०७७
    • 769 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सोलुका गाउँपालिका अध्यक्षको निधन

    सुनसरी । क्यान्सर रोग पिडित सोलुखुम्बुका गाउँपालिका अध्यक्षको निधन भएको छ । पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित ३९ वर्षीय शेर्पाले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । निदान अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकले उनलाई गाउँ फर्कन सल्लाह दिए । चिकित्सकको सल्लाह अनुसार गाउँ फर्कने तयारी गरिरहेकै बेला उनको निधन भएको हो ।

    • प्रकाशित मितिः असार २, २०७७
    • 403 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनमुक्ति पार्टीद्वारा सरकारलाई खबरदारी

    धरान । राष्ट्रिय जनमुक्ति पार्टीले एमसिसि लगायत बढ्दै गरेको कोभिड १९ को चुनौतीलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने किसिमको शर्त एवं प्रावधान सहित आएको एमसिसि सार्वभौम संसदले अनुमोदन गर्न नहुने भन्दै सबै दलहरुलाई खबरदारी र ध्यानाकर्षण गराएको छ । केन्द्रिय अध्यक्ष केपी पालुङवाले विज्ञप्ती जारी गर्दै जेठ ३१ गते संघीय संसदले नेपालको लिम्पियाधुरा लिपुलेक कालापानी सहितको भुमि समेटेर नयाँ नक्सा सम्बन्धी प्रस्तावलाई पारित गरेकोमा स्वागत गरेका छन् । त्यसै विज्ञप्तीमा मुलुकमा ब

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,091 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषिमा ३ अर्ब ८३ करोड

    विराटनगर । आगामि वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले कृषिक्षेत्रका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैया बजेट विनियोजन गरेको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले कोरोना संक्रमणका कारण शिथिल भएको कृषि क्षेत्रलाई माथि उठाउन कृषि तथा पशुपालनमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताएका छन् । उनका अनुसार कृषि तथा पशुपालन तर्फको बजेटबाट अग्र्यानिक कृषिलाई प्रोत्साहन दिदै ९ करोड ८४ लाख बजेट विनियोजन गरिएको बताए । उनले धुलो दुध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि ६ करोड बजेट विनियोजन गरिएको बताए । त्यसै गरि कृषि उत्पादनमा वृद्धि कार्यक्रम, कृषि प्रोत्साहन लगायतका

    • प्रकाशित मितिः असार १, २०७७
    • 774 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशका सबै स्थानीय तहलाई १ करोड ५० लाख

    विराटनगर । प्रदेश १ को आगाकि अर्थिक वर्ष २०७७ ७८ को बजेट बतmव्यको क्रममा अर्थिक मामिला मन्त्री ईन्द« आङ्बोले प्रदेशका सबै स्थानियतहलाई समान रुपमा अनुदान उपलब्ध गराउने बताएका छन् । प्रदेशसभामा सोमबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पेस गर्दै आर्थिक मामिला मन्त्रि इन्द्र आङ्ग्बोले प्रदेश भित्रका स्थानीयतहहरुलाई समान रुपमा बित्तिय समानीकरणको लागि ५० लाख र समपुरक अनुदान १ करोड उपलब्ध गराउन बजेट छुट्याएको बताएका हुन् ।  

    • प्रकाशित मितिः असार १, २०७७
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड–१९ उपचार केन्द्र बिराटनगरलाई सरुवा रोग उपचार र अनुसन्धान केन्द्र बनाउन ५० करोड

    विराटनगर ।प्रदेश सरकारको आगामि आर्थिक वर्ष २०७७ ७८को बजेट बयतmव्यको क्रममा क्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बिराटनगरमा रहेको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने बताएका छन् । मन्त्री आङ्बोले त्यस कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको बताए । यस्तै प्रदेश सरकारले धनकुटा प्रादेशिक अस्पतालको पनि स्तरउन्नति गर्ने र जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने, यस्तै २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको

    • प्रकाशित मितिः असार १, २०७७
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीमा १२ बजेसम्म मात्र पसल खोल्न आग्रह

    आशिष भुजेल/  मोरङको उर्लाबारीमा अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय गर्न ब्यवसायीहरुलाई उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले आग्रह गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आब्हान गरेको लकडाउनलाई पालना गर्दै हरेक दिन अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको हो । अर्को सूचना जारी नभएसम्म सोही समयसम्म पसल खुल्ला गर्न  उर्लाबारी नगरपालिकाको बैठकबाट निर्णय भएको खड्गीले जानकारी दिनुभयो । ब्यापार ब्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग तथा सेनिटाइजरको प्रयोग गर्ने जस्ता कार्यमा पनि ध्यान दिन

    • प्रकाशित मितिः असार १, २०७७
    • 853 पटक पढिएको
    • "आशिष भुजेल"
  • प्रदेश नं १ का नाकाबाट नेपाल आउने भन्दा भारत जानेको संख्या धेरै

     विराटनगर । विश्व्यापी महामारीको रुपमा फैलिएकोे कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लगि सरकारले जारी गरेको लकडाउन जारी गरेको  छ । लकाडाउन जारी भएसगै प्रदेश १ का विभिन्न नाका बाट १० हजार भन्दा बढी नेपालीहरु नेपाल फर्किएका छन् भने १८ हजार भन्दा बढी भारतीयहरु नेपालबाट भारत फर्किएका छन् । झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबाट १ हजार ३१ जना नेपालीहरु भारतबाट नेपाल फर्केको प्रदेश नं १ प्रहरी कार्यालयले जनाएको छ । यो तथ्याङ्क जेठ ३१ गते सम्मको हो । यस्तै नेपालबाट झापाको नाका हुदै भारत तर्फ जानेहरुको संख्या सबैभन्दा बढी छ । झापाको नाकाबाट १५ हजार

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,421 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चट्याङ लागेर भोजपुरमा १० वर्षीय बलिकाको मृत्यु

    भोजपुर/  चट्याङले लागेर आइतबार भोजपुरमा एक बलिकाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय दिंलाका अनुसार ट्याम्केमैयुङ गाँउपालिका १ तिम्मा सुम्लीखाका स्थानीय रामजी राउतकी छोरी रितिका राउतको मृत्यु भएको हो । खेतमा रोपाईं गरिरहेको बेला परेको चट्याङ लागेर घाईती भएकाी उनको उपचारको लगिा स्थानिय खार्ताम्छा उप स्वास्थ्य चौकी पु¥याए लगतै उनको मृत्यु भएको थियो ।  

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,025 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved