एकल महिला जानुका विक घर निर्माणमा सहयोग जुट्दै

  • मंसिर २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चटपटे बेचेर गुजारा गर्दै आएकी धरान १७ सुकुम्बासी बस्ती विजुवा मार्गकी एकल महिला जानुका विकको घर निर्माणका लागि सहयोग जुट्न थालेको छ ।

अघिल्लो वर्ष जानुका विकको घर निर्माणका लागि धरानका पत्रकारहरुले देउसी खेलेर अभियान शुरु गरेका थिए । उनको घर निर्माणका लागि १ लाख रुपैया रकम संकलन भए पछि गत सोमबार देखि घर निर्माणको काम अघि बढेको हो । उनको घर निर्माणका लागि धरान १५ निवासी कुवेर गुरुङले १० हजार १ सय रुपैया सहयोग गरेका छन् । उनले घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

धरान १७ का वडाध्यक्ष मनोज भट्टराईको संयोजकत्वमा शनिवार देखि घर निर्माण कार्य सुरु भएको हो । घर निर्माणका लागि धरान १७ निवासी व्यवसायी मनिष भट्टराईले घरको जग खन्न स्काभेटर उपलब्ध गराएका थिए भने व्यावसायी श्याम श्रेष्ठले एक ट्याक्टर ढुङ्गा र व्यावसायी रुद्र कटुवालले ४८ केजि रड सहयोग उपलव्ध गराईसकेका छन । उनको घर निर्माणका लागि आर्थिक सहयोगका लागि आग्रह गरिएको छ ।

 

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved