एकल महिला जानुका विक घर निर्माणमा सहयोग जुट्दै

  • मंसिर २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चटपटे बेचेर गुजारा गर्दै आएकी धरान १७ सुकुम्बासी बस्ती विजुवा मार्गकी एकल महिला जानुका विकको घर निर्माणका लागि सहयोग जुट्न थालेको छ ।

अघिल्लो वर्ष जानुका विकको घर निर्माणका लागि धरानका पत्रकारहरुले देउसी खेलेर अभियान शुरु गरेका थिए । उनको घर निर्माणका लागि १ लाख रुपैया रकम संकलन भए पछि गत सोमबार देखि घर निर्माणको काम अघि बढेको हो । उनको घर निर्माणका लागि धरान १५ निवासी कुवेर गुरुङले १० हजार १ सय रुपैया सहयोग गरेका छन् । उनले घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

धरान १७ का वडाध्यक्ष मनोज भट्टराईको संयोजकत्वमा शनिवार देखि घर निर्माण कार्य सुरु भएको हो । घर निर्माणका लागि धरान १७ निवासी व्यवसायी मनिष भट्टराईले घरको जग खन्न स्काभेटर उपलब्ध गराएका थिए भने व्यावसायी श्याम श्रेष्ठले एक ट्याक्टर ढुङ्गा र व्यावसायी रुद्र कटुवालले ४८ केजि रड सहयोग उपलव्ध गराईसकेका छन । उनको घर निर्माणका लागि आर्थिक सहयोगका लागि आग्रह गरिएको छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved