गुणस्तरीय चिया उत्पादनमा १२ जिल्लाका तीन सय जनालाई तीन करोडको तालिम

  • मंसिर २७, २०७७
  • " भगीरथ भण्डारी"
alt फाईल तस्वीर

इलाम गुणस्तरीय चिया उत्पादनको लागि १२ जिल्लामा दक्ष जनशक्ति उत्पादन गर्न तीनकरोड रुपैयाँको सिप विकास तालिम सञ्चालन हुनेभएको छ । चिया उत्पादन हुने इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, संखुवासभा, रामेछाप, ललितपुरमा दक्ष जनशक्ति उत्पादन गरीसीप सिकाउने केन्द्रिय चिया सहकारी संघका महासचिव रविन राईले बताए ।

सिप विकास तालिममा इलाममा पाँच स्थान, पाँचथर दुई÷दुई स्थान र झापा, धनकुटा, तेह्रथुम, ललितपुर, संखुवासभामा एक÷एक वटा तालिम हुने बताईएको छ । तालिममा नयाँ चियाखेती विस्तार हुदै गरेको क्षेत्रका चिया किसान, सहकारी सदस्य, चिया कामदार, चिया उद्योगीलाई सीप विकास गरेर गुणस्तरीय चिया उत्पादन गर्ने दक्ष जनशक्ति उत्पादन गरी परिचालन गरिनेछ । तालिम १५ महिना अवधिको रहनेछ । सीप विकास तालिमबाट तीन सय जना दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ ।

गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने जीवन उपयोगी व्यवसायिक सीप, वृत्तिविकास सम्बन्धी परामर्श तथा उद्दमशीलता, प्राविधिक सहायक (तह १) को सीप तालिममा सिकाइनेछ ।

तालिमका लागि आवेदनको सूचना निकाल्ने र आवेदन पेस गरेकाहरुबाट छनोट गरि तालिम तीन सय ९० घण्टाको हुनेछ । छनोटमा परेका सबैलाई स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मापदण्डको तालिम गराउने राईले बताए ।

उनले भने, ‘२० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक रुपमा तालिम दिइने र तालिमबाट व्यवाहारिक सीप सिकाई गुणस्तरीय चिया उत्पादनमा दक्ष बनाई कृषि पर्यटन तथा निर्माणको क्षेत्रमा परिचालन गरिने बताईएको छ । चिया विस्तार हुँदै गरेका १२ जिल्लाका तीनसय जनालाई तालिम दिइने छ ।

एक पटक २० जनालाई तालिम गराइनेछ । विभिन्न ठाउँमा गरेर एकै समयमा पाँच वटासम्म समूहलाई तालिम गराउने तयारी छ । यस अन्तर्गत तीन करोड ११ लाख ५६ हजार चार सय ६३ रुपैयाँ खर्च गरिनेछ । कुल लागतमा दुई करोड १५ लाख ५० हजार तीन सय रुपैयाँ कार्यक्रममा खर्च गरिनेछ ।

यस्तै पाँच लाख १० हजार छ सय रुपैयाँ सञ्चालन खर्च गरिनेछ । १८ लाख ६५ हजार पाँच सय ६३ रुपैयाँ प्रत्यक्ष खर्चमा खर्च गरिनेछ । दुई करोड ८५ लाख १६ हजार चार सय ६३ रुपैयाँ दक्षताको कोष सहयोग, कार्यक्रम कार्यन्वयन गर्ने संस्था केन्द्रिय चिया सहकारी संघ लिमिटेडको २६ लाख ४० हजार रुपैयाँ योगदान रहने संघका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए ।

वि.सं.१९२० मा इलाममा चिया खेती सुरु भएको इतिहास छ । नेपालमा चिया खेतीका लागि पहिलो जिल्लाका रुपमा इलाम परिचित भएको पाइन्छ । यहि तथ्यलाई आधार मान्दै प्रदेशको नीति तथा कार्यक्रममा इलामलाई चियाको राजधानी घोषणा गरिनेछ भनेर उल्लेख गरिएको प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर राना मगरले बताए ।

आधुनिक खेती प्रणाली अंगाल्दै प्रविधिको प्रयोग गर्न सक्ने जनशक्ति तयार पार्न सके इलाम साच्चै चियाको राजधानी बन्न सफल हुन्छ उनले भने, ‘नयाँ चिया बगान तयार पारौँ, जहाँ प्रविधिसँग नजिक बन्दै मेसिन प्रयोग गर्न सक्ने बगान बनाऊँ, युवा उद्यमीलाई हाम्रो सँदै साथ र सहयोग रहनेछ ।’ यस्तै दक्ष जनशक्ति उत्पादनमा यस अघि नै इलाम लागी परेको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।

उनले भने, ‘उत्पादन गर्ने कार्य सफल हुन नसक्दा प्रयास गरिएको भन्नुपर्ने बाध्यता भएको छ । अब भने यस्ता कार्यलाई जोड दिनै पर्छ । इलाममा मात्रै एक सय भन्दा बढी चिया उद्योगहरु सञ्चालित छन् ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved