मिक्लाजुङका मृतक शिक्षकको शव मधुमल्ला ल्याइयो

  • मंसिर २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । सुराकीको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताले हत्या गरेका मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको विहीबार (आज) अन्त्येष्टि हुने भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम पछि उनको शव छोराको घर मधुमल्ला स्थित रचनामा ल्याइएको छ ।

रचनामा रहेको घरमा श्रेष्ठका एक छोरा र छोरी बस्दै आएका थिए । रचनामा श्रेष्ठका आफन्त र दाजुभाईको पनि घर रहेको छ । उनको अन्त्येष्टि विहीबार मोरङको मिक्लाजुङ–२ स्थित बक्राहा खोलामा गर्ने परिवारको तयारी छ ।

प्रअ श्रेष्ठ श्रीमती सहित बर्खेमा बस्दै आएका थिए । श्रेष्ठको हत्या भएको खबर आएपछि छोरा छत्रबहादुर र आफन्त बर्खे पुगेका थिए । रचनाबाट बर्खे करिब ४० किलोमिटरको दूरीमा पर्छ ।

विप्लव समूहका मेची–कोसी ब्यूरो इञ्चार्ज प्रतापले सार्वजनिक गरेको विज्ञप्तिमा ‘पटकपटक सचेत गराउँदा पनि नसच्चिएपछि र हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको’ भनिएको छ । घटनापछि मिक्लाजुङको बर्खे क्षेत्रमा त्रास छाएको छ ।

मिक्लाजुङ–१ का वडाअध्यक्ष नरबहादुर राईले गाउँमा भएको घटनाले त्रासको वातावरण सिर्जना गरेको सुनाउँदै भने, “मिलनसार र भलाद्मी शिक्षक हुनुहुन्थ्यो तर यो घटनाले हामीलाई पनि दुखित बनेको छ ।” शैक्षिक क्षेत्रको विकासका लागि श्रेष्ठको सकारात्मक योगदान रहेको वडाध्यक्ष राईले बताए ।

सुरक्षा र सञ्चारको पहुँचबाट टाढा रहेको बर्खे क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा युनिट राख्न स्थानीयले विगतदेखि नै माग गर्दै आएका थिए ।

यस विषयमा जिल्ला सुरक्षा समितिको बैठकमा समेत छलफल भएको र सुरक्षाकर्मीको स्थायी उपस्थिति राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराइने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी बताएका छन । उनले भने, “स्थानीयबाट प्रहरी चौकी राख्न विगतदेखि नै माग हुँदै आएको हो ।”

गत कात्तिक १२ गते प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेको थियो । यसैगरी उर्लाबारीमा अर्का एक जना कार्यकर्ता पक्राउ परेका थिए ।

प्रहरीलाई श्रेष्ठले नै सुराकी गरेको विप्लव समूहको दाबी छ । घटनापछि मिक्लाजुङ क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले सर्च अभियान चलाएर घटनामा संलग्नहरुको खोजी गरिरहेको छ । मोरङका प्रजिअ निरौलाले भने, “घटनालाई हामीले सुक्ष्म ढंगबाट विश्लेषण गर्दै संलग्नको पहिचान गर्न अनुसन्धान भईरहेको छ ।” मंगलबार रातभर जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काको नेतृत्वमा सर्च अभियान संचालन भएको थियो ।

यसैबीच प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बुधबार विज्ञप्ति प्रकासित गरी घटनामा संलग्न अपराधीलाई जतिसक्दो चाँडो कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved