इलाम/ प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले हत्या, हिंसा, आतंकले विकास अघि नबढ्ने बताएका छन । इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङमा महाप्रभु ज्योतिनन्द माङपाहाङ राईगुरुको शालिकको अनावरण कार्यक्रमको संवोधन गर्दे राईले हत्या हिंसा, आतंकले देश विकास नहुने बताएका हुन ।
विश्वका कुनै पनि देशमा यूद्घको कुरा छैन, हिँसाको कुरा छैन, जुनसुकै मुलुकमा रहेका सबै नागरीकहरु शान्ति, एकता सहिश्रुणता, सदभाव र संमानको पक्षमा हिनिराखेको भन्दै राईले आव हत्या, हिंसा आतंक बाट हैन समृद्घिको बाटोबाट अघि बढ्नु पर्ने बताए । उनले भने ‘शक्ति राष्ट्रहरु विज्ञान र प्रविधिको माध्यमबाट आफूलाई बलियो र संक्तिशालि सावित गर्नको लागि होडवाजि गरिरहेका छन ।’
‘हामि नेपालीहरु पनि शान्क्ति, एकता, सहिश्रुणता, सदभावको पक्षमा अघिबढिरहेको र विभिन्न कालखण्ड पारगर्दे हामि एक ढिक्का भएर उभिन सकेको भन्दै सबै प्रकारका द्घवन्दबाट हामिले व्यवस्थापन गर्दे सवैजात, भाषाका नागरीक एक आपसमा समृद्घिको लागि अघिबढ्नुपर्ने बताए ।’
शालिक निर्माण
स्थानिय सरकार माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७५।०७६ को बजेटबाट जम्मा १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त सहयोगको लगभग ४० लाख गरी ५० लाख बढीको लागतमा निर्माण भएको शालिकको जम्मा लागत ६० देखि ७० लाख पुग्ने अनुमान गरिएको आयोजक निर्माण समिति माङमालुङ अखण्ड ज्योतिसिद्ध चारधाम संस्थाका अध्यक्ष देशवहादुर राईले वताए ।
थप लागतको लागि प्रदेश नं. १ सरकारसँग बजेट माग गरिएको छ । कार्यक्रममा बोल्दै मूख्यमन्त्री राईले शालिक निर्माण तथा माङमालुङ पर्यटन प्रवर्द्धनको लागि ३५ लाख रकम बिनियोजन गरिने प्रतिवद्धता राखेका छन् ।
को हुन् ज्योतिनन्द ?
महाप्रभु ज्योतिनन्द गुरुको जन्म वि स २०१४ साल मंसिर ७ गते इलामको वेतेनीमा आफ्नो मावाली गाउँमा भएको थियो । ज्योतिनन्दको आफ्नो घर भने साविक इभाङ गाउँ विकास समिति वडा नं. ४ हालको माङसेबुङ २ पावा हो । गुरु बुवा दिल वहादुर माङपाहाङ राई र आमा दिलमाया राईको कोखबाट एक मात्र छोराको रुपमा जन्मेका थिए ।
गुरुका ५ जना दिदिबहिनीहरु रहेका छन् । दिदिबहिनीहरुमध्ये ३ जना अझै जिवित रहेका छन् भने २ जनाको देहावसन भईसकेको छ । ज्योतिनन्दका एक छोरा छन् । छोरा अर्जुन माङपाहाङ समेत माङथुक्पा (पुजारी) रहेका छन् । गुरुको मृत्यू २०४१ साल पुष ११ गते निजी निवासमा भएको थियो ।
गुरुलाई माङमालुङ देवस्थल उजागर कर्ता ज्योती दर्शकका प्रवर्तक महाप्रभुको रुपमा चिनिन्छ । उनी खासगरी माङमालुङ धार्मिक क्षेत्रको उत्खननकर्ता मानिन्छ । प्राकृतिक रुपमा धनी माङमालुङ क्षेत्रमा वहाँले एतिहासिक उत्खनन्, पहिचान, निर्माण र संरक्षण गरी माङको स्थानको रुपमा माङमालुङलाई सर्वप्रथम चिनाएका थिए ।
