इटहरी । गाउँ पसेको बाढीले निकास नपाउँदा बराहक्षेत्र ५ का माझी गाउँ डुबानमा परेको छ । बराहक्षेत्रको भरौल, कालाबञ्जार, लगायतका स्थानहरू अहिले जलमग्न बनेका छन । गए राति देखि परेको अविरल वर्षाका कारण सुनसरीको बराहक्षेत्र स्थित हैटा खोलामा आएको बाढीले बराहक्षेत्र ५ माझी गाउँ अहिले डुबानमा परेको हो । गाउँ सहित ज.डे.ज. मा. वि, मुनविम एकेडेमी, सिद्घार्थ मेमोरियल स्कुलमा समेत पानी पसे पछि डुबान भएको छ । जमेको पानीले निकास नपाउँदा र खोला अतिक्रमण हुने क्रम नरोकिएपछि बाढिले चौतर्फी बितण्डा मचाएको बराहक्षेत्र ५ भरौलका स्थानीयहरूले बताएका छन । बाढीले त्यस क्षेत्रका करीब ३ दर्जन बढी घरहरूमा प्रत्यक्ष असर ग
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालीका वार्ड नं १० बरगाछी टोलमा लायन्स क्लब अफ इटहरी सिटिले बिभिन्न प्रजातीका ३ सय वटा बिरूवा बृक्षारोपण गरेको छ । गाउँघरको पर्यावरण तथा बातावरणलाइ हरीयाली बनाउन क्लबले बिभिन्न प्रजातीका ३ सय बिरूवा रोपेको हो । लियो क्लब अफ ईटहरी सिटिका सभापति सफल पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बरगाछी टोलका स्थानीयहरूको पनि सहभागीता रहेको थियो । आगामि वर्षदेखि हरियाली भित्रको गाउँ निर्माण गर्न उक्त टोलमा बोटबिरूवा रोपिएको कार्यक्रम संयोजक पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका जोन चियरप्रसन मेनुका गिरी रहेकी थिईन् भने कार्यक्रमको अध्यक्षता लाय
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालीकामा नीतिगत अनियमिता कायमै रहेको अर्काे तथ्य फेला परेको छ । महालेखा परिक्षकको ५७ औ वार्षिक प्रतिवेदनमा कानुन बिपरित ७८ लाख रुपैया रकम निकासा भएको देखाएपछि उपमहानगरभित्र अझै पनि नीतिगत अनियमिताता कायमै रहेको तथ्य फेला परेको हो । उपमहानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९को नीति उलङघन गरी खर्चभार बढाएको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ । एउटाको शिर्षकमा आएको बजेट अर्काे शिर्षकमा लगेर खर्च गर्नुका साथै यातायात मर्मत, भ्रमण खर्च, भत्ता लगायतका बिषयहरूमा आर्थिक पारदर्शिता कायम नगरेको प्रतिवेदनले प्रस्ट उल्लेख गरेको छ । कुनैपनि स्थानीय तहले कुनै क
इलाम / सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्थिन । तरकारी खेतिमा लागेकी टीका यस पटक तरकारीखेतीबाट सन्तुस्ट हुन सकिनन् । त्यस्तै सूर्योदय नपा १४ कै बिन्दु पौडेलले गतवर्ष हप्तामा दुई सयदेखि तीनसय मुठा टुप्पा बेचे पनि यो सिजनमा त्यसरी बेच्न सकिनन् । दुई रोपनी जति बारीमा फैलिएको स्कूसको टाँडबाट हप्तैपिच्छे मुण्टा टिप्दा त्यति हुन्छ । टुप्पाबाटै हप्तामा चार हजार पाँचहजार सम्म हुन्थ्यो तर यसपटक उत्पादन भएको तरकारी बेच्न
धरान । लिम्बुवान क्षेत्रमा रहेको ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुलाई विकाशका नाममा भत्काउने र हिन्दुकरण गर्न खोजेको भन्दै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति, लिम्बुवानले ध्यानाकर्षण भएको जनाएको छ । ताप्लेजुङमा रहेको मुक्कुलुङको मौलिक नाम परिवर्तन गरि पाथीभरा बनाएर लिम्बुवानको साँस्कृतिक स्थल माथि अतिक्रमण गरिएको उनीहरुको आरोप छ । मुक्कुलुङ क्षेत्रलाई लिजमा दिने र केबलकार संचालन नर्ग यती होल्डिङस नामको व्यापारिक कम्पनीलाई दिएको भन्दै समितीले प्रेस विज्ञप्ती जारी गरि आपत्ति जनाएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘यसरी एक धर्मकर्मको नाममा रैथाने आदिवासी समुदायको पुख्र्यौली भूमि कब्ज
धरान । कालोपत्रे सडक निर्माणमा दु्रतगती लिएको शहरको रुपमा धरानलाई चिनिने गरिन्छ । यहाँ बनेका चिल्ला सडकहरु र जनता सँगको साझेदारीमा बनेका सडकहरु हेर्न र अवलोकन गर्न बाहिरी शहरहरु बाट पनि आउने गर्दछन् । जनप्रतिनिधीहरुले स्थानीय तह संचालन गर्न थाले पछि त झन कालोपत्रे सडक निर्माणको होडबाजीनै चलेको छ । थुप्रै सडकहरु यस वर्ष कालोपत्रे बने । यसै बिच धरानको मुख्य बजार नै रहेको धरान २ स्थित देशीलाईनमा पनि कालोपत्रे सडक सम्पन्न भएको छ । विगतको ४० फुट बाटो भत्काएर ५० फुटको बनेको कालोपत्रे सडक धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले आइतबार संयुक्त रुपमा उदघाटन गरेका छन् । नगर
इलाम / किसानले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाइरहेका भएपनि तरकारी बेच्न समस्या भएपछि खेतीमा गरेको लगानी उठाउनै नसक्ने भएका छन । चैत्र ११ गते देखि भएको लकडाउनले तरकारी उत्पादनको सिजनमै समस्या पारेपछि तरकारी बेच्न समस्या भएको छ । बिचौलियाको मार्का खेपिरहेका किसान यस पटक लकडाउन र विचौलीया दुवैका मार्का खेपिरहेका छन । बन्दको असर देखाउदै तरकारीमा बिचौलियाले अवसर लिरहेका छन । सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्
धनकुटा, ४ साउन ÷नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ । स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो । नेकपा जिल्ला कमिटी धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले बताए । नेकपा धनकुटाले आज प्रेस बिज्ञप्ति जारी गरेर बृक्षरोपणमा सहभागि हुन नेता, कार्यकर्तालाई आग्रह पनि गरेको छ । नेकपा जिल्ला सचिव ढुंगानाले प्रेस
बराहक्षेत्र । खानेपानी ट्यांकी निर्माणको नाममा शहीद स्मृति शान्ति पार्कले लगानी गरेको लाखौंको संरचना भत्काइएको छ । केन्द्रीय सरकारको लाखौंको लगानीमा निर्माण भएको कम्पाउण्ड वाल र साविक गाउँ विकास समितिले विनियोजन गरेको वार्षिक बजेटबाट निर्माण गरिएको संरचना भत्काइ खानेपानी ट्यांकी निर्माण गर्न थालिएको छ । सुनसरीको वराहक्षेत्र १ स्थित लालबस्तीमा निर्माणाधीन शहीद स्मृति शान्ति पार्क अतिक्रमण गरी स्थानीय तोरिबारी खानेपानी संस्थाले ट्यांकी निर्माण थालेको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि लगानी हुँदै आएको सरकारी रकम वालुवामा पानी हाले सरह भएको स्थानीयको गुनासो छ । तत्कालीन माओवादीले विकास गरे
चतरा / बराहक्षेत्र स्थित किरात राईहरूको पवित्र धार्मिक स्थल साकेला थान (पार्क) को निर्माण तथा व्यस्थापन समितिको दोश्रो कार्यकालका लागि दिनेश काम्दुङ राईको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ । समितिका निवर्तमान अध्यक्ष मनजित राईले पहिलो कार्यकाल समितिको विधिवत रूपमा समिति भंग भएको घोषणा गरेका थिए । समितिमा उपाध्यक्ष सुवधन राई, सचिव विश्व थुलुङ राई, सहसचिव पुष्पा राई, कोषाध्यक्ष जानुका राई चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा जितेन्द्र राई, शान्ता राई रहेका छन भने दुई सदस्य पछि मनोनित गरिने भएको छ । वराहक्षेत्र ऐतिहासिक पुरातात्वीक रूपमा किरात समुदायहरूको पवित्र धार्मिक स्थलको रूपमा ज