चेतना संरक्षण प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा

  • पुस २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएका विभिन्न आधा दर्जन पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले साहित्य, कला, संस्कृति, पत्रकारिता, बाल प्रतिभालगायतका विधाका पुरस्कार घोषणा गरेको हो ।

समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार दामोदर पुडासैनी (काठमाडौं)लाई समर्पण गरिने भएको छ ।

१ लाख १ हजार नगदसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानको हालै बसेको बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कारबाट प्रा.डा. विणा पौडेल (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार समाजसेवी देवेनरा परिवारद्वारा आफ्ना मातापिताको नाममा स्थापना गरिएको हो ।

समाजसेवी दीनबन्धु गोयलद्वारा आफ्ना दाजुको नाममा स्थापित ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार समाजसेवी मदन राई (खोटाङ) लाई प्रदान गरिनेछ । यस्तै ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ बनेपाका साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले जानकारी दिइन् ।

पत्रकारिता पुरस्कार समाजसेवी दिनेश सुवेदीले आफ्ना भाइको नाममा स्थापना गरेका हुन् । साहित्यकार गङ्गा सुवेदीद्वारा आफ्ना आमाबुवाको नाममा स्थापित भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार अग्रज कलाकार माया पौडेल (विराटनगर)लाई प्रदान गरिनेछ भने साहित्यकार केदार सत्याल र श्रीमती मञ्जु सत्यालद्वारा स्थापित ‘केदार–मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार’ बाट पोखराकी बाल प्रतिभा प्रिन्सा रेग्मीलाई समर्पण गरिनेछ ।

पाँचवटै पुरस्कारको राशि जनही ५१ हजार रहेको छ ।

चेतना संरक्षण प्रतिष्ठान नेपाल स्थापना भएदेखि नै साहित्य, कला, समाजसेवा, मानवीय धर्म–संस्कृति, पत्रकारितालगायतका क्षेत्रमा समर्पित रहँदै आएको छ । २०६१ साल साउन ११ गते स्थापित संस्थाले हालसम्म पाँच दर्जनभन्दा बढी व्यक्तिलाई पुरस्कृत र सम्मानित गरिसकेको छ ।

काठमाडौं उपत्यकाभन्दा बाहिर एउटै संस्थाले साढे ३ लाख रुपैयाँ राशिको पुरस्कारस्वरुप वितरण गर्ने चेतना प्रतिष्ठान पहिलो भएको अध्यक्ष सुवेदीको दाबी छ । घोषित पुरस्कार आगामी माघ २४ गते शनिबार विराटनगरमा विशेष समारोहका बीच समर्पण गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved